न्याय मन्त्रालय तथा अध्यागमन विभाग दक्षिण कोरिया द्वारा विभिन्न रास्ट्रका प्रतिनिधि संग छलफल,विदेशीहरुका भिषा लगायत बिभिन्न समस्याको विषयमा कोरियन सरकारलाई ध्यानाकर्षण !

गुरुदत्त न्यौपाने /सिओल

दक्षिण कोरियाको न्याय मन्त्रालयको विशेष आयोजना तथा निमन्त्रणामा बिभिन्न रास्ट्रका प्रतिनिधि हरुसंग छलफल सम्पन्न भएको छ।

विशेषगरी कोरोना नियन्त्रण तथा सावधानी,विदेशी श्रमिकका भिषागत समस्या,कार्यस्थल समस्या लगायत बिभिन्न समस्याहरुको बिषयमा आधारित रहेर छलफल कार्यक्रम सम्पन्न भएको थियो।

छलफल कार्यक्रममा वोल्दै दक्षिण कोरियाली न्याय मन्त्री पार्क वोम क्यू ले कोरोना नियन्त्रण तथा रोकथामका लागी अपनाउनुपर्ने सावधानीका बारेमा बिभिन्न मिडियामा सुचना तथा मोवाईलमै अलर्ट दिने जस्ता सुचना दिएतापनी विभिन्न रास्ट्रका प्रतिनिधि हरुलाई वोलाई यो महामारीमा ऐक्यबद्दता जनाउन सहयोग गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा पाकिस्तान,बंगलादेश,टर्की लगायतका बिभिन्न रास्ट्रका प्रतिनिधि हरुको उपस्थिती रहेको थियो।नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै लामो समय कोरियामा सामाजिक तथा व्यावसायिक रुपमा सक्रिय एनआरएनए एशिया प्यासिफिक आईसिसी प्रतिनिधि,दुर्गा रेस्टुरेन्ट सन्चालक विनोद कुँवरले कुनैपनी विदेशी नागरीकलाइ विना भेदभाव कोरोनाको भ्याक्सिन तथा कोरोना संक्रमित विदेशीलाइ निशुल्क उपचार गराउनुपर्ने बिषयमा ध्यानाकर्षण गराउनुभएको थियो।

कार्यक्रममा दक्षिण कोरिया अध्यागमन विभागका कमिसनर छा ग्यु गुन तथा निर्देशक किम व्यङ छुल लगायत कोरियाली सरकारका बिभिन्न विशिस्ट सहभागी कर्मचारीहरुलाई विदेशीहरुको भिषा लगायत अन्य असहजता र समस्याहरुको विषयमा विशेष ध्यानाकर्षण गराईएको थियो।

कार्यक्रममा अध्यागमन विभागको तर्फबाट सम्वोधन गर्दै विदेशीहरुको समस्या समाधान गर्न कोरियन सरकारले विशेष पहल गर्ने कार्यक्रममा जानाकारी दिईयो।