दक्षिण कोरियाको छेजुदो प्रान्तको जंगलमा ७० बिएमडब्लु कार बेवारिसे अवस्थामा !

सिओल

विश्व चर्चित बिएमडब्लू कार कोरियाको छेजुदोको एक जङ्गलमा केहि समयदेखि ७० वटा बिएमडब्लू इलेक्ट्रिक कार पार्किङ गरि राखिएको छ।

छेजुदोको गोसाङ पहाडको रोड छेउको जंगलमा यी गाडीहरु पार्क गरी राखिएका छन। यो ठाउँ छेजुदोको दक्षिणतिर रहेको अओल जिल्लामा पर्दछ।

पार्क गरि राखिएका आइ ३ मोडेलका सबै कारहरु आकर्ष’क देखिन्छन भने केहि कारका टायरहरुको टायर पन्चर भइसकेका छन।उक्त ठाउँमा लामो समयदेखी ७० कारहरु लहरै पार्क गरि राखिएको छ।

त्यहाँका स्थानियले जानकारी दिए अनुसार यी कारहरु एक कार भा’डामा लगाउने कम्पनीले त्यहाँ राखेका हुन। सन २०२० मा उक्त कम्पनी टा’ट प’ल्टिएपछि कारहरुलाई रातो ‘ट्याग लगाई लि’लामी गर्न राखिएको हो। ति कारहरु चलाउन नपाईने भएपछि टा’ट प’ल्टिएको कम्पनीले केहि समयका लागि त्यहाँ ल्याएर राखेको हो।

कम्पनीले सन २०१६ देखि २०१७ सम्म बिएमडब्लूको आइ ३ मोडलका करिब २ सय कारहरु कि’स्तामा किनेको थियो। तर कम्पनीको ब्यापार राम्रो हुन नसकेपछि टा’ट प’ल्टन पुग्यो।

ऋ’ण र क’र तिर्न नसकेपछि कारहरु लि’लामी गर्न लागिएको हो। कम्पनीले यि कारहरु छेजुदोको विभिन्न ठाउँमा सार्दा सार्दा अहिले यहाँ ल्याएको हो। गत मे १७ मा अ’दालतले बिएमडब्लू कोरियालाई उक्त कम्पनीका कारहरु लि’लामी गर्न अ’नुमति दिएको थियो।

ईपिएस साथीको सहयोगमा