नेपाली राजदुतावास सिओलको अन्तरकृया कार्यक्रम सम्पन्न,सयौँ गुनासाहरुको सम्वोधनमाथी छलफल !

सिओल

नेपाली राजदुतावास दक्षिण कोरियाले आयोजना गरेको दक्षिण कोरियामा स्थापित नेपाली संघ संस्था संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

नेपाली राजदुतावास सउलले विभिन्न नेपाली संघसस्था, जिल्ला तथा समुदायको प्रतिनिधित्व गर्ने संस्थाका प्रमुख तथा उपप्रमुखहरूसंग राजदुतावासका गतिविधि ( कन्सुलर तथा लेवर) तथा नेपाली समुदायका जिज्ञासा, गुनासो र सोको समाधानका लागि छलफल तथा परामर्श कार्यक्रमको आयोजना गरेको थियो कार्यक्रममा सामाजिक जातीय क्षत्रीय संघ संस्थाको प्रतिनिधिको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कोरोना कारण सम्पूर्ण प्रकृया पूरा गरेका नेपाली कोरिया आउन बाट वञ्चित हुनुको अवस्थामा , कोरोनाको भयावह स्थितिमा दक्षिण कोरिया बाट स्वास्थ्य सामग्री सहयोगको अपील नगर्नुको कारण दुई देशीय कुटनैतिक पहलमा कमजोरी , राजदूतावासको भूमिका कमीकमजोरी, भिसा नभएका नेपालीहरुको पासपोर्ट म्याद थप्न सहजीकरण विद्यार्थीहरू विश्वबिद्यालय बाट ठगिनु, नेपाली श्रमिक श्रम शोषणमा पर्नु,डि’प्रेशन ,आ’त्मह’त्या गर्नुको कारण विषयमा प्रश्न/जिज्ञासा गुनासो विषयक अन्तरक्रिया भएको थियो ।

उक्त विषयमा उपनियोग प्रमुख राम सिंह थापा , श्रम सहचारी रमा भट्टराई र सूर्य थापाले जिज्ञासा/ प्रश्न को उत्तर दिएका थिए ।
दक्षिण कोरियाको लागि नेपाली कार्यबाहक राजदूत राम सिंह थापा अनुसार” नेपालको लागि बढ्दै गएको कोरोना सङ्क्रमण एवं दोस्रो लहरको कोरोना पश्चात श्रमीकहरु भित्र्याउन हाम्रो लागि झनै कठिन भयो ।

आगामी जुन अन्तिम सम्ममा यहाँ रहेका ७०% प्रतिशत नागरिकहरुमा कोरोनाको भ्याक्सिन लगाई सक्ने हाम्रो तयारी रहेको छ । तत पश्चात् हामीले नयाँ एवं कमिटेड श्रमीकहरु भित्र्याउन तयारी सहित अगाडि बढ्ने भन्ने हामी आन्तरिक छलफलमा छौ भनेर कोरियाली सरकारले हामीलाई आश्वासन दिएको छ” ।

त्यस्तै ४ वटा ठगि गर्ने विश्वविद्यालय लाई नेपाली राजदुतावास दक्षिण कोरियाले NOC नोटिस पठाइसकेको जानकारी गराए र ठगि गर्ने युनिभर्सिटी लाई यथाशीघ्र कानुनी प्रक्रियामा अगाडि बढाई पिडित पक्षलाई न्याय दिलाउन राजदुतावास कटिबद्ध रहेको उनले बताए ,त्यस्तै द्विपक्षीय स्वास्थ्य सामग्री सहयोगका लागि परराष्ट्र मन्त्रालय बाट छलफल भइरहेको र चाडै नै स्वास्थ्य सामग्री दक्षिण कोरियाले प्रदान गर्ने र सबै प्रक्रिया पूरा गरे पछि दूतावासले नोटिस निकाल्ने उनले थपे ।

श्रम सहचारी रमा भट्टराई भन्नुहुन्छ दक्षिण कोरियामा नेपालीहरुको अवस्था, सिप लगानी , सृजनात्मक उद्यमशीलता, रेमिट्यान्सको प्रयोग हुन्डी निरुत्साहित , मानसिक समस्या परामर्श जस्ता कार्यक्रम यस अघि राजदुतावासले गरिसकेको आगामी दिनमा नेपाली श्रमिकलाई लक्षित गरी अझै प्रभावकारी ढंग बाट कार्यक्रम तयार पार्ने बताइन् ।

राजदूतावासका द्वितिय सचिव सूर्य थापाले ईलिगल नेपालीहरु पासपोर्ट म्याद थप्न परेमा निजको व्यक्तिगत अवस्था हेरेर पासपोर्ट बनाउन सकिने र त्यस्तै कागजपत्रको अभावले उपचार बाट वञ्चित हुनुपरेमा आवश्यक सहयोग दूतावासले गर्ने जानकारी दिए।उक्त कार्यक्रमको सञ्चालन सहचारी सञ्जम खत्रीले गरेका थिए ।

नयाँ दैनिकी डटकमबाट