कोरियन नागरिकको नेपालमा भव्य बंगुर फार्म, यति छ लगानी (भिडियो सहित)

सिओल

नेपालमा रोजगारी नभएको भन्दै वार्षिक रुपमा लाखौं नेपाली विदेशिएका छन् । घर परिवार लाई छोडी २ छाक खान लाउन को लागि विदेश जाने नेपाली युवाहरुको संख्या ठूलो छ ।

तर कतिपय विदेशी नागरिक हरु नेपाल आएर नेपालमै कृषि तथा पशुपालनमा लागेका समाचार हरु बेला बेला सुन्न पाइन्छ । त्यस्तै एक जना कोरियन नागरिकले पनि नेपालमा आएर बंगुर पालन गरिरहेका छन् ।

बंगुर फार्म मा काम गर्दै

शहरी बाताबरण भन्दा धेरै टाढा गाउँमा बंगुर फार्म गरिरहेका कोरियन नागरिक आफूलाई नेपालमा बस्न र काम गर्न पाउँदा धेरै खुसी लागेको सुनाउँछन् । लाखौंको लगानी बाट अत्याधु`निक बंगुर फार्म खोलेर विक्त गाउँमा उद्यम गरिरहेका छन् ।

बंगुर पालनबाट भएको आम्दानी नेपालमा नै खर्च गर्ने उनी बताउँछन् । मलाई पैसाको काम छैन यो पैसा नेपालकै हो उनी भन्छन् । उनी आफ्नो बंगुर फार्म लाई भौतिक पूर्वाधार सम्मपन्न गर्नका लागि कुनै कसर बाँकी राख्दैनन् ।

उनी आफैंले बंगुरको खोर निर्माण गर्ने र खोर व्यवस्थित बनाउनका लागि जति पनि रकम खर्च गर्न तयार रहेको उक्त व्यवसाय नजिक बाट नियाली रहेकी एक महिला बताउँछिन् ।

बंगुर फार्म

कोरियन नागरिकको उक्त कार्य धेरैनै प्रसंशनीय छ । लाखौंको संख्यामा नेपाली युवाहरु कोरियन भाषा परीक्षा दिएर केही संख्यामा मात्र उत्तीर्ण भएर कोरिया गइरहेका युवाहरुका लागि उनी प्रेरणाका पात्र बन्न सक्छन् ।

नेपाली हरु लर्को लागेर वैदेशिक रोजगारी तर्फ गइरहेको अवस्थामा नेपालमा नै धेरै सम्भावना छन् भन्ने कुराको गतिलो उदाहरण हो कोरियाको बंगुर फार्म । हामी नेपाली युबहरुले पनि उनको काम बाट केहि सिक्नु जरुरी छ ।

पी एन पि मिडियाले तयार गरेको यो भिडियो हेर्नुहोस् ।