कोरिया बाट सुमन हाङ्श्रोङ ले गरे आफ्नो गाउपालिका लाई सहयोग !

सिओल

बिगत ५ बर्षदेखी कोरिया लाइ कर्मथलो बनाउदै आएका सुमन हाङश्रोङ ले आफ्नो जन्मठाउ तेह्रथुम आठराई गाउँपालिका लाई ब्यक्तिगत रूपमा कोभिड नियन्त्रणका लागि अत्याबश्यक पर्ने मास्क,सेनिटाइजर जस्ता स्वास्थ्य सामाग्री हरु सहयोग गरेका छन् ।

उनले सहयोग गरेको उक्त स्वास्थ्य सामग्री लाई गाउपालिका भित्र कोरोनाको कहरमा अग्र भागमा खटिएर काम गर्ने सुरक्षाकर्मी ,स्वास्थ्यकर्मी,सन्चारकर्मी, एम्बुलेन्स चालक जस्ता ब्यक्तिहरु लाई प्रथामिकतामा राखेर बितरण गरिएको छ ।

उनको सहयोगबाट प्राप्त भएका स्वास्थ्य सामग्री मध्ये आठराई गाउपालिका का सात वटा वडामा प्रति वडा २ सय थान मास्क र १ थान सेनिटाइजर, सुरक्षा निकायहरुमा प्रति निकाय १ सय थान मास्क र १ थान सेनिटाइजर, आठराई गाउँपालिकालाई १ सय थान मास्क र १ थान सेनिटाइजर र स्वास्थ्य शाखालाई १ सय थान मास्क र १ थान सेनिटाइजर गरी २ हजार ५ सय थान मास्क र १६ थान सेनिटाइजर वितरण भएको छ । यी सबै सामग्री हरुको मूल्य ३५ हजार रुपैयाँ पर्न गएको बताइएको छ ।

उल्लेखित स्वास्थ्य सामग्री हरुलाइ संक्रान्ति बजारको फाल्गुनन्द चोकमा पूर्ण स्वास्थ्य मापदण्ड पालना गरि एक कार्यक्रमका बिच बितरण गरिएको थियो । कार्यक्रममा ईलाका प्रहरी कार्यालय संक्रान्ति बजारका प्रहरी निरीक्षक शेषकराम थान्दार र शसस्त्र सुरक्षा बेश क्याम्प संक्रान्ति बजारका प्रहरी निरीक्षक बाबुकाजी कटुवाललाइ आठराई गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख शुशिल ङईनामले मास्क र सेनिटाइजर हस्तान्तरण गर्नु भएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेकपा माओवादी केन्द्र १ न. प्रदेश कमिटी सदस्य चुडामणि बराल (चिन्तन ) ,नेकपा माओवादी केन्द आठराई गाउपालिका इन्चार्ज बलिराज इङ्नाम, वाईसीएल तेह्रथुम जिल्ला निवर्तमान अध्यक्ष सागर थिङ्लाबु ,आठराई गापा वाईसीएल इन्चार्ज इन्द्र राज इङ्नाम,सचिव टीकाराज फोम्बो लगायतका नेताहरुको उपस्थिति रहेको थियो । प्रबास बाट आफ्नो गाँस काटेर जन्मगाउ लाई गरेको सहयोग प्रति उपस्थित सबै जनाले सुमन हाङ्श्रोङ लाई धन्यवाद दिदै उज्ज्वल भबिष्यको कामना समेत गरेका थिए ।

कोरियाको सुन्दर पर्यटकिय स्थल जेजुदो मा कार्यरत रहेका हाङश्रोङ विभिन्न समाजिक तथा राजनीतिक संगठन हरुमा पनि आबद्द रहेका छन् ।उनी माओवादी केन्द्र सम्बद्ध जनप्रगतिशिल मन्च कोरियाको केन्द्रिय सदस्य हुन् भने जेजु कमिटीको अध्यक्ष समेत हुन् । आफू प्रबासमा बसेपनि आफ्नो देश र माटोलाइ परेको पीडामा थोरै मल्हम लगाउने प्रयास गरेको बताउदै सुमन ले आगामी दिनमा पनि समाजिक काम लाई निरन्तरता दिने बताए ।