कास्की परिवार दक्षिण कोरिया द्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

सिओल

कास्की परिवार दक्षिण कोरियाले कोभिड नियन्त्रण राहत स्वरुप स्वास्थ्य सामग्री बितरण गरेको छ । कोरियामा कार्यरत कास्की जिल्लाका नेपाली हरु द्वारा संकलित रकम बाट अक्सिजन कन्सनटेट्रर तथा अन्य स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

कास्की परिवार दक्षिण कोरियाको अगुवाइ र कास्की आदर्श समाज अन्तर्राष्ट्रिय परिषद नेपाल च्याप्टरको समन्वयमा उक्त स्वास्थ्य सामग्री बितरण गरिएको जनाएको छ । कास्की आदर्श समाज अन्तराष्ट्रीय समन्वय परिषद का उपाध्यक्ष श्री निरज कुमार थापा ज्युको अध्यक्षतामा जिल्लाको अन्नपूर्ण, माछापुच्छ्रे, रुपा, मादि गाउपालिका र पोखरा महापालिका वडा नम्बर २१ मा अक्सिजन कन्सनट्रेटर ,पल्स अक्सिमिटर, डिजिटल थर्मोमिटर ,थर्मल गन थर्मोमिटर, अक्सिजन माक्स, सर्जिकल माक्स, हेन्ड सेनेटाइजर र पन्जाहरु बितरण गरिएको थियो ।

उक्त स्वास्थ्य सामग्री हरु मिति २०७८-०२-२० गते विहिवार दिन पुर्ण कोभिड प्रोटोकल पालना गर्दै एक कार्यक्रमका बिच कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद नेपाल च्यापटर को कार्यलय मालेपाटन ५ पोखरामा वडा र गाउँपालिका अध्यक्ष र अन्य प्रतिनिधि हरुलाइ हस्तान्तरण गरियको छ ।

स्वास्थ्य सामाग्री वितरण कार्यक्रम सामाग्री बुझनको लागी मादि गाउँपालिकाका अध्यक्ष वेद बहादुर गुरुङ , माछापुच्छ्रे गाउँपालिका का उपाध्यक्ष कृष्ण कुमारी पौडेल ,अन्नपूर्ण गाउँ पालिका बाट प्रभात पौडेल रुपा गाउँपालिका बाट सन्तोष पौडेल पोखरा माहानगरपालिका वडा २१ बाट कोभिड नियन्त्रण संयोजक अर्जुन गिरि , युवा परिषद अध्यक्ष विबेक देबकोटा , कास्की परिवार दक्षिण कोरियाका निवर्तमान अध्यक्ष सुरज गुरुङ , कास्की आदर्श समाज महिला संयोजक पुजा शाही कास्की आदर्श समाज अन्तराष्ट्रीय समन्वय परिषद का केन्द्रिय सदस्य विश्वव बन्धु थापा, शिव गिरी,नेपाल च्याप्टर सहसयोजक पुजा गिरी , विकास अधिकारी , सह- सचिव हरि बहादुर ढकाल , सल्लाहकार सुरेश रानाभाट लगायत हरिषचन्द्र ढुङ्गाना ,माधव भुषाल, धन बहादुर गुरुङ लगायतको उपस्थितिमा रहेको थियो । कार्यक्रम लाइ च्याप्टरका सह संयोजक श्री विकास अधिकारी ज्युले सञ्चालन गर्नु भएको थियो ।

कास्की परिवार दक्षिण कोरियाले संचालन गरेको एक हप्ते सहयोग संकलन अभियानमा १०९ जना सहयोगीदाताबाट ३८,२२,२२० कोरियन वोन संकलन गरेको र संस्थागत १८,४४,०५० वोन समेत गरि जम्मा ५६,६६,२७० वोन बाट अक्सिजन तथा स्वास्थ्य सामाग्री खरिद गरेको व्यहोरा संस्थाका सह- कोषाध्यक्ष एस.पि अधिकारी र सचिव बिनोद दाहालले जानकारी दिनुभयो ।

कोभिड १९ माहामारीमा वजार केन्द्रित भयर वसेका मानिसहरु गाउँ फर्केर जादा गाउँघर तिर थप संक्रमण वढ्ने सम्भावना लाइ मद्यनजर गर्दै ग्रामिण भेगतिर अक्सिजन सिलिन्डर को प्रयोग त्यति भयको नपाईएको गाउँपालिका स्वास्थ चिकित्सक र अध्यक्षहरुसग परामर्श गरिएको साथै गण्डकी प्रदेशकै ठुलो अस्पताल पश्चिमान्चल क्षेत्रिय अस्पताललाई सरकारले सरकारको लगानीमा कोभिड डेडिकेटेड अस्पताल बनाउने योजना हुदा सो अस्पतालमा अक्सिजनको नियमित आपूर्ति भएको र अक्सिजन प्लान्ट निर्माण गर्ने चरणमा रहेको र विभिन्न संघ संस्थाहरुले पनि उक्त अस्पताललाई केन्द्रमा राखेर सहयोग गरेको हुदा ग्रामिण क्षेत्रमा रहेका गाउपलिका वा वडाहरुमा सहयोग गर्दा उपुक्त देखि वितरण कार्यक्रम गाउँपालिकामा बढि केन्द्रित गरियको व्यहोरा quick Decision Team covid -१९ का संयोजक डा. प्रदिप अधिकारी र प्रकाश देवकोटा ले जनाकारि दिनु भयो।

संस्थाले ६ सदस्यीय quick decesion team, covid -19 गठन गरि सामाग्री हरुको कोटेशन माग ,अध्ययन ,छलफल तथा खरिद गरि उचित मापदण्डअनुसार जिल्लाका वडा र गाउँपालिकाहरुमा अक्सिजन कन्सनटेट्रर र स्वास्थ्य सामाग्री खरिद गरि वितरण गरिएको जनाइएको छ । साथै बितरित स्वास्थ्य सामाग्रीले संङक्रमित क्षेत्रमा कोभिड रोकथामको लागि टेवा पुग्ने संस्थाले बिश्वास समेत गरेको छ ।

कास्की परिवार दक्षिण कोरिया ले संचालन गरेको अभियानमा सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी दाजुभाई तथा दिदी बहिनी हरू प्रती कास्की परिवार कोरियाको तर्फबाट अध्यक्ष प्रबीण गिरिले धन्यवाद प्रकट गर्दै आगामी दिनहरुमा पनि यसै गरि एकजुट रहेर हातेमालो गर्न हार्दिक अपिल गर्नु भएको छ । कास्की परिवार कोरिया ले बिगतका दिनहरुमा पनि समाजिक कामलाइ सधै प्रथामिकतामा राखेको स्मरण गर्दै अध्यक्ष गिरिले आगामी दिनहरुमा पनि सामाजिक कामलाइ निरन्तरता दिने बताउनु भएको छ । साथै बितरण कार्यक्रम मा सहयोग र समन्वय गर्नुहुने सम्पूर्ण सहयोगी मनहरुमा कास्की आदर्श समाज अन्तराष्ट्रीय समन्वय परिषद नेपाल र नेपाल च्याप्टर परिवार तथा उपस्थित सम्पुर्ण मा हार्दिक धन्यवाद समेत व्यक्त गरेको छ ।

फोटो फिचर