नेपाली विद्यार्थी समाज, दक्षिण कोरिया (सोनसिक) द्वारा आयोजना गरिएको अनलाइन गायन प्रतियोगिता सम्पन्न

सिओल

नेपाली विद्यार्थी समाज, दक्षिण कोरिया (सोनसिक) द्वारा आयोजना गरिएको अनलाइन गायन प्रतियोगिता सम्पन्न भएको छ।

नेपाली विद्यार्थीहरूको साझा संस्था सोनसिकले शैक्षिक कार्यक्रम मात्र नभई विभिन्न क्षेत्रका कार्यक्रमहरुलाई समेट्दै आएको छ। कोरियामा बसोबास गरिरहनु भएका विद्यार्थीहरु मात्र नभएर संगीत क्षेत्रलाई माया गर्नुहुने सम्पूर्ण नेपाली साङ्गतिक मनहरुलाई समेट्ने उद्देश्यले यस प्रतियोगिताको आयोजना गरिएको थियो।

कोरोना महामारीको बेला प्रत्यक्ष भेटघाट भएर कार्यक्रम गर्न सम्भव नभएपनि अनलाइनका माध्यमबाटै भएतापनि मनोरञ्जन दिने यस कार्यक्रमको उद्देश्य रहेको थियो ।

HANNESA को मुख्य प्रायोजन रहेको यस कार्यक्रममा Sentbe, Hanpass, Staremit, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, दक्षिण कोरिया शाखा, Nirosha Restaurant को प्रायोजन तथा श्री हरि थापाज्यु र श्री बखत थापाज्यूको सहयोग रहेको थियो। करिब एक महिनासम्म चलेको प्रतियोगिता: डिजिटल अडिसन, टप १५ र टप ५ गरेर विभिन्न चरणहरु पार गर्दै टप ५ प्रतियोगीहरुबाट सन् २०२१, जून ६ तारिकमा विजेता घोषणा गरिएको थियो।

यस प्रतियोगितामा श्री जगदीश कुमार खत्रीले प्रथम स्थान, सुश्री तृष्णा किसुजुले दोस्रो स्थान र सुश्री मुना पौडेलले तृतीय स्थान हासिल गर्न सफल हुनुभएको छ । प्रथम, दृतिय, र तृतीय स्थान हासिल गर्न सफल प्रतियोगिहरूले क्रमश: पाच लाख वन, तीन लाख वन र दुई लाख वोन पुरस्कार सँगै प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएको छ।

श्री सुन्दर बरुवालको संयोजकत्वमा सम्पन्न कार्यक्रम सोनसिक १७औं कार्यसमितिका सचिव डा. टोङकिङ्ग बास्तोलाज्यूले सञ्चालन गर्नुभएको थियो । कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्नका निम्ति निर्णायकको रुपमा नेपाल र कोरियाबाट गायक तथा संगितकार ज्यूहरु श्री D.R Atu, श्री बालकृष्ण सेवाचार्य र श्री मिलन थापाले भूमिका निर्वाह गर्नुभएको थियो। यस कार्यक्रम सोनसिककोआधिकारिक फेसबुक पेज र YouTube च्यानल मार्फत प्रसारण गरिएको थियो जसमा भिडियो सम्पादन यस सस्थाका सचिब डा. टोनकिङ्ग बास्तोला, सभापति श्री राजाराम श्रेष्ठ, र सदस्य श्री जितेन्द्र श्रेष्ठले गर्नु भएको थियो।

यस कार्यक्रममा अतिथीको निम्ता स्वीकार गरी आफ्नो अमुल्य समय र शुभकामना मन्तव्यका साथ सांगीतिक प्रस्तुति दिनुहुने यस कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावास द.कोरियाका कार्यबाहक राजदुत श्री रामसिंह थापा ज्यू ,यस संस्थाका संस्थापक अध्यक्ष एवं सोनसिक १७ औं कार्यसमितिका सल्लाहकार प्रोफेसर डा. जनार्दन लामिछाने ज्यू , HANNESA सभापति प्रोफेसर डा. Kim Kook Hyun ज्यु, संस्थालाई सधैं माया र हौसला प्रदान गर्नुहुने HANNESAका उपाध्यक्ष डा. राजेशचन्द्र जोशी ज्यू साथै नेपालबाट यस कार्यक्रमको सफलताका लागि शुभकामना दिनुहुने गायक श्री प्रकाश सपुत, गायक श्री कमल खत्री, गायिका श्रीमती सत्यकला राइ, गायक श्री सन्तोष बस्याल, गायक श्री तिर्थ गुरुङ, गायक श्री रुपक डोटेल, गायक / संगीतकार श्री बिनित जोजिजु ज्यू तथा गायिका सुश्री तारा श्रीष मगर ज्यूहरुको शुभकामना तथा साङ्गितिक कोशेलीले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

संस्थाका सभापति श्री राजाराम श्रेष्ठका अनुसार विभिन्न सहयोगी संस्थाहरु र सहयोगी महानुभावहरुको सहयोगले कार्यक्रम सोचेअनुरुप सम्पन्न भएको जानकरी गराउनु भएको छ । सभापति श्रेष्ठले प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सोनसिकका सम्पूर्ण अतिथि वर्ग ज्यूहरु, निर्णायक ज्यूहरु, पूर्व-पदाधिकारी ज्यूहरु, सल्लाहकार ज्युहरु, कार्यसमिति तथा उप समितिका सदस्यस्यहरु धन्यवाद ज्ञापन गर्नु भएको छ ।

कार्यक्रममा सहभागी सम्पूर्ण प्रतियोगी साथीहरु र बिजयी हुनुभएका साथीहरुलाई बधाई एवम् आगामी दिनको शुभकामना दिदै कार्यक्रम अवधिभर साथ दिनुहुने सम्पूर्णलाई संथाका सचिव तथा यस कार्यक्रमका संचालन डा. टोनकिङ्ग बास्तोलाले धन्यवाद ज्ञापन गर्नुभएको छ ।