कोरियाको अस्पतालबाट नेपाली चेलीको याचना,प्लिज मलाई बचाईदिनुहोस !

सिओल

रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेकी एक नेपाली गम्भीर बिरामी परेपछि उपचारको लागी सहयोगको अपिल गरिएको छ ।

बागलुङ जिल्लाकाे काठेखाेला गाउँपालिका -३ धम्जा घर भई हाल काम गर्दै आएकी कविता राना मगरकाे अकस्मात मेरुदण्डमा समस्या (spinal cord Injury) देखिएको र जुन ११ मा डाक्टरको सल्लाह बमोजिम तत्काल सल्यक्रिया गरिएको थियो ।

उनको उपचारमा ठुलो रकम खर्च लाग्ने भएको छ ।मध्यम परिवारकी उनले उक्त रकम जुटाउन सक्ने अबस्था नभएपछी बाग्लुंग समाज दक्षिण कोरियाले एक बिज्ञप्ति मार्फत कोरिया वासी सम्पूर्ण नेपालीहरुमा सहयोगको अपिल गरेको छ ।

सहयोगको लागि तल दिएको खाता नम्बरमा पैसा पठाउन सकिने पनि विज्ञप्तिमा उल्लेख छ

सहयोगकाे लागि रकम पठाउन: सुरेस खत्री एकाउन्ट नम्बर 03 ) IBK 24312219201010

सम्पर्क नम्बर :सुरेश खत्री 01044612251,ज्ञानु श्रीस : 01058462812,सोम ढकाल : 01028914007,गणेश गौतम : 01059252417

बागलुङ समाज दक्षिण काेरियाले जारी गरेकाे विज्ञप्ति