कोरिया जान भाषा परिक्षा उतिर्ण गरेकाहरुले पुनः स्वास्थ्य परीक्षण गराउनुपर्ने

सिओल

इपीएसमार्फत दक्षिण कोरिया जान सन् २०१९ मा भाषा परीक्षा उत्तीर्ण भएकाहरूले पुनः स्वास्थ्य परीक्षण गराउनुपर्ने भएको छ ।

२०१९ यता विभिन्न मितिमा स्वास्थ्य परिक्षण गरेका तर श्रम सम्झौता नआई एक बर्षको रोस्टर समाप्त भई दोस्रो बर्षको रोष्टर प्रकिया बढाउनको लागि पहिले परीक्षण गराएकै अस्पतालहरूबाट पुनः स्वास्थ्य परीक्षण गराउनुपर्ने वैदेशिक रोजगार विभाग अन्तर्गतको इपीएस कोरिया शाखाले जानकारी दिएको हो ।

काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल ललितपुर र नेपाल–कोरियामैत्री अस्पताल ठिमीबाट उनीहरूले जनही २२०० रुपैयाँ तिरी स्वास्थ्य परीक्षण गराउन सक्नेछन् ।

दक्षिण कोरिया सहित ११ देशमा सातामा २७ अन्तर्राष्ट्रिय उडान हुने

सरकारले अन्तर्राष्ट्रिय उडानतर्फ १० देशका विभिन्न गन्तव्यमा साप्ताहिकरुपमा हुने उडान तालिका सार्वजनिक गरेको छ।सार्वजनिक तालिका अनुसार कतारको दोहा, युएईको दुबई र मलेसियामा साताको ४-४ तथा टर्की, साउदी अरेबिया, कुवेत, चीन र भारतमा २-२ उडान तथा ओमान, दक्षिण कोरिया, जापानमा १-१ उडान हुने भएको छ।

कतारको दोहामा नेपाली वायुसेवाले सातामा २ उडान र कतारको वायुसेवाको २ गरी सातामा ४ उडान।दुबईमा नेपाली वायुसेवाको २ र विदेशी वायुसेवाको २ गरी ४ उडान,मलेसियामा नेपाली वायुसेवाले २ र विदेशी वायुसेवाले २ गरी सातामा ४ वटा उडान,काठमाडौं–टर्कीमा टर्कीको वायुसेवाले सातामा २ उडान,साउदी अरबको दमाममा नेपाली वायुसेवाले २ उडान,कुबेतमा कुबेती वायुसेवाले २ उडान,काठमाडौं-छेन्दु, काठमाडौं-ग्वाङजाओ रूटमा नेपाली वायुसेवाले १-१ र चीनको वायुसेवाले १-१ गरी सातामा २-२ उडान,काठमाडौं-मस्कटमा ओमानको वायुसेवाबाट सातामा एउटा उडान हुनेछ,दक्षिण कोरियामा सातामा विदेशी वायुसेवाले १ उडान,जापानको टोकियोमा नेपाली वायुसेवाले सातामा १ उडान हुनेछन् ।करिब डेढ महिना अगाडि बाट अबरुद्ध अन्तर्राष्ट्रिय उडान आंशिक रुपमा संचालन हुने भएपछि देश विदेमा रहेका नेपालीहरु खुसी भएका छन् ।वैदेशिक राेजगारीकाे सिलसिलामा देश बाहिर र देशभित्र रहेका नेपालीहरु याे सुविधा बाट लाभान्वित हुनेछन् । सरकारले जहाँ बढि नेपाली श्रमिक छन त्यहा बढि उडानलाई प्राथमिकतामा राखेको छ ।