एन आर एन ए ख्यङ्गिदो प्रान्तको अधिबेशन हुँदै , अध्यक्ष मा पुरुषोत्तम गौतम को उम्मेदवारी

सिओल

एन आर एन ए कोरियाले आफ्नो क्षेत्रीय कमिटि हरुलाई पुर्णता दिनका लागि द्रुत गतिमा अधिबेशन हरु गर्दै आएको छ । जस अनुसार यहि जुन २७ तारिक आइतबार का दिन ख्यङ्गिदो प्रान्तको पनि अधिबेशन हुने भएको छ ।

नेपाली हरुको सबैभन्दा धेरै घनत्व रहेको ख्यङ्गिदो क्षेत्र लाई बिषेश क्षेत्र घोषणा गरेर अधिबेशन हुने एन आर एन ए कोरियाले समेत जनाएको छ । भर्चुल माध्यम मार्फत हुने अधिबेशन मा हाल सम्म मुख्य ५ वटा पदहरुमा मा उम्मेदवार घोषणा भएको छ भने अन्य पदहरु मिलाएर पुर्ती गरिने जनाइएको छ ।

ख्यङ्गिदो क्षेत्रीय कमिटिको लागि हाल सम्म अध्यक्षमा पुरुषोत्तम गौतम, उपाध्यक्ष रेवन्त बहादुर रावल , सचिब अशोक कुमार शाह , सह सचिब नरेश रावल र कोषाध्यक्ष मा सन्तोष चौलागाईं ले उम्मेदवारी घोषणा गरेका छन् ।

एन आर एन ए कोरियालाइ मजदुर मैत्री बनाउने उदेश्य सहित आफुले क्षेत्रीय अध्यक्ष मा उम्मेदवार दिएको पुरुषोत्तम गौतम ले बताएका छन् । साथै बिगतमा देखिएका गल्ती कमजोरी हरुलाइ सच्याएर एन आर एन ए सस्था प्रति कोरियामा रहेका हरेक नेपाली ले अपनत्व महसुस गर्ने गरि काम गर्ने समेत उनको दाबी रहेको छ ।

उम्मेदवारी घोषणा गरेका सबै उम्मेदवार हरु कोरियामा बिगत लामो समय देखि विभिन्न सामाजिक संघ सस्थामा आबद्द रहेर काम गरिसकेका परिचित ब्यक्ति हरु समेत हुन् ।