सुर्खेत समाज दक्षिण कोरियाले कोरिया सरकारको अनुमति प्राप्त गर्यो !

सिओल

सुर्खेत समाज दक्षिण कोरियाद्वारा संचालनमा रहेको आवास गृह (सेल्टर)लाइ कोरिया सरकारको नियम अनुसार अनुमती प्राप्त भएको छ।

छनान ,फेन्थेक ,आसान ,सुवन लगाएतका क्षेत्रमा काम छाडी नया कामको खोजिमा रहनु भएका नेपाली दाजुभाइहरुको आवासीय समस्या लाई मध्यनजर गर्दै , माइतीघर रेस्टुरेन्ट छनानसगै स्थापना गरेको आवासगृह ,कोरियन सरकार को नियम सम्वत अनुमती लिन सफल भएको सुर्खेत समाज दक्षिण कोरियाका अध्यक्ष बखत थापाले बताउनुभयो।

यस प्रक्रियामा सहयोग र मार्गनिर्देशन गर्नुहुने सम्पुर्ण प्रती सुर्खेत समाज दक्षिण कोरियाले हार्दिक आभार समेत ब्यक्त गरेको छ।

शुल्क हैन सहयोग का लागि स्थापना गरिएको सेल्टर भएको बताउँदै अध्यक्ष थापाले जो कोहि पनि यस सेल्टरमा रहन सक्ने साथै साथिहरुलाई आवस्यक पर्दा काम खोज्न र भिसा सम्बन्धि समस्यामा पनी सकेको सहयोग गर्न सुर्खेत समाज दक्षिण कोरिया सदैब तयार रहेको बताउनुभयो।

सुर्खेत समाज दक्षिण कोरियाले सुर्खेत नघुमेका साथीहरुको लागि आवास गृहको भित्तामा डिजिटल सुर्खेत समेत तयार पारेको छ।चिया पिउदै त्यो सुर्खेत र यो सुर्खेत औलाले देखाउदै दुख सुखका गफ गर्न सार्हैँ रमाइलो हुने देखिन्छ।

सुर्खेत समाज दक्षिण कोरियाद्वारा संचालित आवास गृह (सेल्टर) सम्बन्धि कुनै जिज्ञासा वा सुझाव भएमा निम्न नम्बरहरुमा सम्पर्क गर्न सकिने छ।

आशा राम ढुङगाना 01095618546 ,बखत थापा 01028416305,बामदेब गाैतम01043599606,मुक्ति अधिकारी 01027129720,शिब पाैडेल 01074140683

सिधा सम्पर्क को लागि-राज शर्मा माइतिघर रेस्टुरेन्ट छनान 01057697845