दक्षिण कोरियाली पासपोर्ट विश्वकै तेस्रो शक्तिशाली !

सिओल

दक्षिण कोरियाली पासपोर्ट विश्वको तेस्रो शक्तिशाली पासपोर्ट बनेको छ।विश्वका अन्य देशहरुले दिने अनअराईभल भिजा ईन्ट्रि सङ्ख्याका आधारमा दक्षिण कोरिया तेस्रो स्थानमा आफुलाई दर्ज गरेको हो।

फ्रि भिजा दिने देशहरुको सङ्ख्यालाई आधार बनाएर मापन गरिएको र्याङ्कको आधारमा दक्षिण कोरियाली पासपोर्ट विश्वको तेस्रो शक्तिशाली बनेको कोरियाली सन्चार माध्यमले जनाएका छन।

एशियाको चौँथो अर्थतन्त्र भएको मुलुक कोरियालाई विश्वका १ सय ९१ देशहरुले फ्रि भिजा दिन्छन।शक्तिशाली पासपोर्टको रेङ्किङ्गमा विश्वको तेस्रो मुलुकमा कोरिया र जर्मनी रहेका छन।

विश्वभरिका मुलुकहरुको पासपोर्ट शक्ती मापन गर्ने संस्था ‘ The henly passport index’ ले निकालेको पछिल्लो प्रतिबेदनका आधारमा विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट भएको मुलुकमा जापान पर्न सफल भएको छ।भने जापानलाई पछ्याउदै दोस्रो स्थानमा सिङ्गापुरले आफ्नो नाम दर्ज गरेको छ।

जापानको पासपोर्ट बहाकले विश्वका १ सय ९३ मुलुकमा अनअराईभल भिषा पाउछन भने सिँगापुरले १ सय ९२ मुलुकमा अन अराईभल भिषा पाउछन।

हेन्ली पासपोर्ट इन्डेक्सले सार्वजनिक गरेको सूचि अनुसार नेपाल पाचौं स्थान तल झर्दै १०९ औं स्थानमा पुगेको हो। यसअघि नेपाल १०४ औं स्थानमा रहेको थियो। नेपाललाई विश्वका जम्मा ३८ देशले मात्र अनअराइभल भिसा उपलब्ध गर्ने गरेको उल्लेख छ।

शक्तिशाली पासपोर्टमा पहिलो स्थानमा जापान रहेको छ भने दोश्रो स्थानमा सिङ्गापुर छ। तेश्रो स्थानमा दक्षिण कोरियासँगै जर्मनी रहेको छ।

चौथो नम्बरमा फिनल्याड, इटाली लग्जमबर्ग र स्पेन रहेका छन् । पहिलो दश मुलुकहरुमा युरोपका देशहरु अग्रपंक्तिमा देखिएका छन्। चौथो स्थानमा इटाली, फिनल्याण्ड, स्पेन, लक्जेमवर्ग रहेका छन। यि देशका पासपोर्ट वाहकले १ सय ९० देशमा अन अराईभल भिजा पाउँदछन।

विश्वका शक्तिशाली पासपोर्ट हुने मुलुकहरुको नामावली

१.जापान (१९३)
२.सिंगापूर(१९२)
३.दक्षिण कोरिया, जर्मनी(१९१)
४.इटाली, फिनल्याण्ड, स्पेन, लक्जेमवर्ग(१९०)
५.डेनमार्क, अस्ट्रिया (१८९)
६.स्वीडेन, फ्रान्स, पोर्चुगल, नेदरल्यण्ड्स, आयरल्याण्ड(१८८)
७.स्वीट्जरल्याण्ड, अमेरिका, बेलायत, बेल्जियम, न्यू जिल्याण्ड(१८७)
८.नर्वे,ग्रीस, माल्टा, चेक रिपब्लिक, (१८६)
९.क्यानाडा अस्ट्रेलिया (१८५)
१०.हंगेरी(१८४)