विश्वको सबैभन्दा शान्त देशमा आईसल्यान्ड,कोरिया ५७ औँ स्थानमा!

सिओल

विश्वव्यापी शान्ति वरियताको सबैभन्दा शिर्ष स्थानमा आईसल्यान्ड परेको छ। बिहिबार सिड्नीस्थित बौद्धिक समूहले सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो ।

इन्ष्टिच्यूट फर इकोनोमिक्स एण्ड पिसले सार्वजनिक गरेको विश्वव्यावी शान्ति सूचकांकमा आइसल्याण्ड शीर्ष स्थानमा छ । अर्थात् संस्थाका अनुसार आइसल्याण्ड विश्वको सबैभन्दा शान्त देश हो ।

सन् २००८ यता शीर्ष स्थानमा आइसल्याण्डका् वचश्र्व रहँदै आएको छ । शीर्ष १० मध्ये ८ स्थानमा डेनमार्क र पोर्चुगललगायत यूरोपेली देशहरु रहेका छन् । अमेरिका १२२ औं स्थानमा रहेको छ ।

एशियाली देशहरुमा जापान १२ औं र सिंगापुर ११ औं स्थानमा छ । चीन सयौं र उत्तर कोरिया १५१ औं स्थानमा छ भने दक्षिण कोरिया ५७ औं स्थानमा रहेको छ।

सूचीको पुछारमा अफगानिस्तान रहेको छ । अर्थात् अफगानिस्तान सबैभन्दा कम शान्त देशको बनेको छ । शान्ति सबैभन्दा कम भएका १० देशमा रुसका साथै अफ्रिका र मध्य पूर्वी देशहरु छन् । रुस सूचिको १५४ औं स्थानमा छ ।