काभ्रे सम्पर्क समिती दक्षिण कोरियाको अध्यक्षमा:प्रकाश योन्जन

सिओल

दक्षिण कोरिया । काभ्रे सम्पर्क समिती दक्षिण कोरियाको छैटौँ अधिबेशन हिजो १ तारिख आईतवार सम्पन्न भएको छ ।

छैटौ अधिवेशन २०२१ अगस्ट १ तारिखका दिन आइतवार भर्चुअल जुम अनलाइन मार्फत सम्पन्न भएको हो । अधिवेशनले निर्बिरोध रुपमा निर्बाचित कार्य समिति चयन गरीएको निवर्तमान अध्यक्ष सानु लामाले जानकारी दिनु भयो । उहाँका अनुसार हरेक २ वर्षमा समितिको अधिवेशन हुने गर्छ ।

•यस्तो छ कार्यसमिति अध्यक्षमा: प्रकाश योन्जन समितिको अधिवेशनले अध्यक्षमा प्रकाश योन्जन चयन गरिएको छ । उपाध्यक्षहरुमा मनोज तुम्सिङ मगर , सुमन चौलागाइ, सुश्म थापा , नबराज तिमल्सिन , सचिवमा सुदर्शन तिमल्सिना, सहसचिबमा हिमाल स्याङ्तान कोषअध्यक्षमा सबिता तिमल्सिना सहकोषअध्यक्ष आशिष् घिसिङ रहेका छन भन।

सदस्यहरुमा क्रमश सागर वाइबा , मीलन तामाङ , सन्तोष क्षेत्री बिश्णु दनुवार, सुदन बुढाथोकी , दिवाकार चौलागाई , देभी माया चौलागाइ र केदार नेपाल रहेका छन ।

काेरियामा सबैलाई खाेप लगाउने यस्तो छ याेजना, अगस्ट बाट यी उमेर समहुले खाेप पाउदै

दक्षिण कोरियामा १८ देखि ४९ बर्ष उमेर समूहका मानिसले अब खोप पाउने भएका छन। आउँदो अगष्ट महिनामा कोरियामा रहेका १८ देखि ४९ बर्षका मानिसहरुले खोप पाउने भएका हुन। नोभेम्बर महिना सम्ममा सबैजसोलाई खोप लगाइसक्ने दक्षिण कोरियाको महत्वाकाँक्षी लक्ष भेट्टाउन कोरिया अहिले प्रयासरत रहेको छ।

कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीले शुक्रबार दिएको जानकारी अनुसार कोरियाले अगष्ट र सेप्टेम्बर महिनामा यहाँ रहेका १८ देखि ४९ बर्ष उमेरका करिब १ करोड ७८ लाख मानिसहरुलाई खोप लगाउनेछ। कोरियाले सेप्टेम्बर महिनासम्ममा करिब ३ करोड ६० लाख मानिसलाई कम्तिमा एक डोज खोप लगाइसक्ने बताएको छ।

कोरियामा जसको काम नियमित जसो बाल बच्चाहरुको सम्पर्कमा रहनुपर्ने हुन्छ उनिहरु तथा सार्वजनिक यातायातका क्षेत्रमा काम गर्ने मानिसहरु, सामान ओसार पसारमा काम गर्ने व्यक्तिहरु सरसफाईका क्षेत्रमा काम गर्ने मानिसहरु यस खोप अभियानको पहिलो प्राथमिकतामा पर्नेछन। उनिहरुले अगष्ट १७ भन्दा अगाडी खोप पाउने गरि कार्यक्रम तय गरिएको छ। बाँकी रहेका मानिसहरुको खोप कार्यक्रम अगष्ट २६ बाट सुरु गरिनेछ।

मानिसहरुलाई उनिहरुको जन्मदिनका आधारमा खोप लगानउने दिन तय गरिएको छ। खोप लगाउन भिडभाड नहोस भन्ने उदेश्यले यस्तो गरिएको हो। सरकारले अगष्ट ९ देखि १८ सम्म खोप रिजर्भ गर्न मिल्ने सुविधा उपलब्ध गराउनेछ।

यस अन्तरगत जसको जन्ममितीको अन्तिम अङ्क ९ छ उनिहरुले अगष्ट ९ मा खोप लगाउन पाउनेछन। त्यसैगरी अङ्क ८ हुनेले अगष्ट १८ मा खोप पाउनेछन।खोप रिजर्भेसन सिष्टम राति ८ बजेदेखि अर्को दिन साँझ ६ बजेसम्म खुला हुनेछ। यदि यस समयमा खोप रिजर्भ गर्न छुटेमा वा रिजर्भ गरि खोप लिन नगएमा उनिहरुले अगष्ट १९ देखि सेप्टैम्बर १७ मा फेरि खोप लगाउन पाउनेछन।

कोरियामा १८ बर्षदेखि ४९ बर्षसम्मका मानिसहरुले कित फाइजर कम्पनीको कित मोडर्ना कम्पनीको खोप लगाउनेछन। उनिहरुलाई कुन दिन तथा कुन खोप केन्द्रबाट खोप लगाउने भन्ने कुरामा छनौट गर्ने सुविधा दिइएको छ। यस अभियानमा सम्पूर्ण बिदेशी तथा अबैधानिक रुपमा कोरियामा बसोबास गरिरहेकाहरुले समेत खोप लगाउन पाउनेछन।