कोरियामा छायाँकन गरेको ‘प्रेमको रंग’ सार्वजानिक (भिडियो)

सिओल

गायक, संगीतकार तथा एरेन्जर सुर्य रुम्बाको सांगीतिक कोसेली ‘प्रेमको रंग’ बोलको गीत सार्वजानिक भएको छ । शनिबार जुम माध्यम (भर्चुअल मार्फत) बाट कार्यक्रम गरेर गीतको भिडियो सार्वजानिक गरेको हो ।

दक्षिण कोरियाको विभिन्न रमणीय स्थानहरुमा छायाँकन गरिएको भिडियोलाई रुम्बा टिभी युट्युब च्यानलबाट सार्वजानिक गरेको हो । भिडियो गायक रुम्बा र पारु स्याङ्तानको अभिनय रहेका छन् । स्याङ्ताको यो डेब्यु अभिनय हो ।

‘गीतमा विवाह भएको बर्ष दिन पुगेको पहिलो बार्षिक उत्सव मनाएको कार्यक्रमबाट सुरु भएको छ । त्यहाँबाट विगतलाई ‘फर्केर हेर्दा’को कथा जोडिएको छ । भिडियोमा युवाले युवातीलाई भेटपछि एकअर्काले मन पराएपछि मायाप्रितिको फूल फुलाउन घुम्ने, मायाको संवाद भएको देखाएका छन् ।

युवा युवातीमा प्रेमको रंग छाएपछि विवाह गर्न युवकले प्रस्ताव गर्छ र युवातीले मुस्कुराउँदै स्वीकार गर्छिन् । उत्वसमा एकअर्काले केक काटेर शुभकामना अदानप्रदान र उपस्थितिहरुले यतिको उदाहरणीय जोडीको प्रशंसाको साथमा बधाई र शुभकामना दिएको कथावस्तुलाई देखाएको छ ।’

गायक सुर्य रुम्बाको स्वर रहेको गीतलाई आरबी सिङ्तानको शब्द, संगीत र एरेन्जर रहेको छ । गीतलाई कोरियाको बबलगम स्टुडियोमा रेकर्डिङ गरेको छ ।

शुभराज भोम्जनको निर्देशनमा तयार भएको भिडियोलाई अमिर योञ्जनले छायाँकन गरेको छ भने ड्रोन छायाँकन गौतम गोले गरेको छ । कलाकार मेकअप ज्योति लामाले गरेकी छिन् ।