काेरिया श्रमिक छिटो लैजाने विषयमा काेरियन पक्षलाई नेपालकाे गम्भीर अनुरोध

सिओल

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि लामो समयदेखि कोरिया जान नपाएका नेपाली युवालाई छिटो पठाउने सम्बन्धमा कोरियन पक्षसँग छलफललाई तिव्रता दिइएको छ ।

भिसालगायत प्रक्रिया पूरा भएर कोरोना संक्रमणका कारण उडान बन्द हुँदा रोकिएका १० हजार युवालाई कोरिया पठाउने सम्बन्धमा दुई देशका प्रतिनिधित्व छलफल भएको इपिएस शाखा ललितपुर ग्वार्काेले जनाएको छ ।

कोरोना संक्रमणको दर दुवै देशमा कम भएपछि जनस्वास्थ्यका मापदण्ड पूरा गरेर लैजाने सम्बन्धमा नेपालको तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्ले र मानव संशाधन विकास बोर्ड (एचआरडी) कोरियाका नेपाल प्रतिनिधि किम उन डकबीच छलफल भएको हो ।

हालसालै सरुवा भएर नयाँ जिम्मेवारी साथ आएका वैदेशिक राेजगार विभागका महानिर्देशक काफ्लेले अबरुद्ध भएको प्रक्रिया खुलाउन काेरियन पक्ष सँग गम्भीर अनुरोध गरेको बताइएको छ ।

हामीले काेरिया पक्षले राखेका सर्त करिब करिब सबै पुरा गरेका छाै ,अब तपाईंको निर्णयलाई पर्खेका छाै,छिटो प्रकृया सुरु गर्नुस् भनेर महानिर्देशक काफ्लेले काेरियन पक्षलाई अनुरोध गरेको बताइएको छ ।

जवाफमा काेरियन पक्षले विगतको भन्दा अवस्थामा सुधार आएकोले दुवै देशको समझदारीमा चाँडै प्रक्रिया सुरु हुने बताएका थिए ।काेरियन पक्षले सुरुमा कमिटेड कामदार लैजाने र त्यसपछि भाषा परिक्षा पास गरेर प्रक्रिया पुरा गरेकालाई लैजाने तयारी गरेको छ ।हाम्रा खबर