यो हप्ता भित्र दक्षिण कोरियाले ७० प्रतिशत जनतालाई पहिलो डोजको खोपको लक्ष्य पुरा गर्दै

सिओल

दक्षिण कोरियाले घोषणा गरेका लक्ष्य अनुरुप यहि हप्ता भित्र ७० प्रतिशत जनतालाई कम्तिमा पहिलो डोजको कोरोना खोप पुरा गर्ने भएको छ ।

कोरियाको रोग नियन्त्र’ण तथा रोक’थाम एजेन्सी (केडीसीए) का अनुसार हालसम्म ३३ मिलियन भन्दा बढी मानिसहरु कोरियाको कुल जनसंख्याको ६४.५ प्रतिशतले खोपको कम्तिमा एक डोज लगाइसकेका छन् ।

सरकारले यहि सेप्टेम्बर भित्रमा ७० प्रतिशत खोप लगाउने लक्ष्य राखेको थियो । उक्त लक्ष्य छुसक अगावै पुरा हुनेछ । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुका अनुसार दोस्रो डोजपनि छिट्टै पुरा गर्ने लक्ष्य राखेको छ ।हेल्लो नेपाल कोरिया मा प्रकाशित छ।

थप समाचार,
फिलिपिन्समा जारी कोभिड प्रतिबन्ध खुकुलो बनाइदै ।

एजेन्सी : फिलिपिन्सले को’रोना भाइ’रसको उ’च्च संक्रम’णका बावजुद राजधानी मनिलामा जारी विभिन्न प्रतिबन्ध सहज बनाउने भएको छ। यहाँका अधिकारीहरूले मंगलबार दिएको जानकारी अनुसार आर्थिक गतिविधिलाई तीव्रता दिन यस किसिमको निर्णय गर्न लागिएको हो ।

उक्त निर्णयअनुसार भीड’भाड कम हुने गरी राजधानी क्षेत्रमा रेस्टुँरा, चर्च र सौन्दर्य र शृङ्गारका पसलहरू बिहीबार देखि पुनः सञ्चालनमा आउनेछन् । यस निर्णय बारे जानकारी दिदै स्थानीय अधिकारीहरूले स्वास्थ्य संवेदनशीलतालाई पूर्णरूपले ख्याल गर्दै आर्थिक गतिविधिलाई तीव्रता दिन र रोजगारीको व्यस्थापनका निम्ति यस किसिमको निर्णय लिइएको बताएका छन् ।

भाइर’स सङ्क्र’मणको दर भने वृद्धि भइरहेको छ। गतहप्ता मात्र १४०,००० जनाम सङ्क्र’मण पुष्टि भएको थियो। राजधानी मनिलालाई अत्यन्त सावधानी अपनाउनुपर्ने स्थानमा राखिएको छ जसले गर्दा यहाँका व्यापारीहरू कुन कुन व्यवसाय कुन कुन माप|दण्ड अपनाएर सञ्चालन गर्न सकिन्छ भनेर अन्योलमा परेका छन् ।

पूरै डोज खोप लिएका कामदार र सेवाग्रा’हीहरुले १० प्रतिशतको क्षमतामा रेष्टुँरा र सौन्दर्यका पसलहरूमा आन्तरिक सेवा सञ्चालनमा ल्याइने छन् भने ३० प्रतिशत क्षमतामा बाह्य सेवाहरू पनि सञ्चालमा ल्याइनेछन् । यहाँका व्यापार सचिव रामन लोपेजका अनुसार को’भिड महामा’रीपछि यहाँका खाना र मनोरञ्जन क्षेत्रहरूमा २० लाख भन्दा बढी कामदारहरू बेरोजगार बनेका छन् ।