दक्षिण कोरियामा अक्टोवर महिना देखी नयाँ नियम लागु हुने!

सिओल

दक्षिण कोरियामा आउदो अक्टोवर महिनादेखी नयाँ नियम लागु हुने भएको छ।

दक्षिण कोरियाली स्वास्थ्य अधिकारी हरुले शुक्रवार बताएअनुसार दक्षिण कोरिया प्रवेश गर्ने विदेशी नागरिकहरुले पुरा डोज कोरोना भ्याक्सिन लगाएका यात्रुहरुलाई कोरिया प्रवेश गर्दा अनिवार्य १४ दिन क्वारेन्टाईन बस्नुपर्ने बाध्यात्मक नियम हटाएको जानाकारी दिएका छन।

कोरिया रोग नियन्त्रण तथा रोकथाम महाशाखा का अनुसार ३६ देशहरुबाट कोरिया प्रवेश गर्दा अनिवार्य क्वारेन्टाईन बस्नुपर्ने नियम हुने देशहरुको सुचीबाट १६ देशहरुलाई हटाएर २० देशमा झारेको छ।

अवको अक्टोबर महिना देखी कोरिया प्रवेश गर्ने ति १६ देशका नागरिक हरु यदी पुरा डोज खोप लगाएका छन भने अनिवार्य १४ दिन क्वारेन्टाईन बस्नुपर्ने छैन।

अनिवार्य क्वारेन्टाईन बस्नुपर्ने देशहरुको सुचीमा जिम्वावे र जिवुटी गरेर २ देशहरु थपिएका छन भने रसिया ,इन्डिया ,जापान र दुवई लगायत अन्य १४ देशहरुलाई उक्त सुचीबाट हटाएको छ।

दक्षिण कोरियाले विदेशमा पुर्ण खोप लगाएका हरुलाई दुई हप्ताको सेल्फ आईसोलेसन नगरीकन कोरिया प्रवेश गर्न दिने भएसंगै नेपालबाट समेत रोकिएका श्रमिकहरु पुर्ण खोप लगाएर आएको खण्डमा १४ दिन क्वारेन्टाईन बस्नु नपर्ने भएको छ।

कोरोनाको नयाँ डेल्टा भेरियन्टको बढदो चिन्ताका बिच दक्षिण कोरियाले केही देशहरुलाई अनिवार्य क्वारेन्टाईन बाट मुक्त गरेको कारण कोरिया प्रवेश गर्ने विदेशी नागरिकहरुमा खुशी छाएको छ।