धादिङ समाज दक्षिण कोरियाको अध्यक्षमा पौड्याल, बरिष्ठ उपाध्यक्षमा तामाङ

सिओल

धादिङ समाज दक्षिण कोरिया अधिवेशन सम्पन्न भएको छ । धादिङ समाजको आठौ अधिवेशनबाट अध्यक्षमा भवानी प्रसाद पौड्याल चयन भएका छन् ।

अधिवेशनबाट बरिष्ट उपाध्यक्षमा पुर्णमान तामाङ (माइला), उपाध्यक्षमा दिनेश रिजाल, महासचिवमा सुमन श्रेष्ठ, सचिवमा सिमा बानिया, सचिवमा प्रकाशमान श्रेष्ठ, कोषाध्यक्षमा कपिल भण्डारी, सह–कोषाध्यक्षमा हरिशरण काप्री चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा अनिल थापा मगर, सन्तमान घले, सुरेन्द्र अकौलिया, हरी प्रसाद श्रेष्ठ, सुशीला तामाङ, निर्मला तिवारी रहेका छन् ।

कार्यक्रममा निवर्तमान अध्यक्ष सन्तोष अधिकारीले नयाँ कार्यसमिर्तिलाइ बधाई दिदै आगामी दिनमा सामाजिक काममा अग्रसर हुन सुझाव समेत दिए ।

दक्षिण काेरियाकाे सपना अनि त्यहाँको यस्तो यथार्थ पीडा …

साहारा श्रेष्ठ

दक्षिण काेरिया जाने र पैसा कमाउने नेपालीकाे मात्रै हाेइन भाषा परिक्षा पास गरेर जान पाउने अन्य १६ देशका मानिसहरुकाे सपना हुने गर्छ ।कडा मेहनत गरेपछि नेपाली एक लाख पचास देखि तीन लाख सम्म कमाइ हुने दक्षिण काेरियामा प्रवासी मजदुरका पीडा भने खपिनसक्नु हुन्छन् ।दक्षिण काेरियामा कार्यरत प्रवासी मजदुरहरुलाई त्यहाँका साहुहरुले काममा देखाउने निर्दयी व्यवहारले धेरै प्रवासी मजदुरहरु डिप्रेशनकाे सिकार ,आत्मा हत्याको बाटो ,मानसिक तनाव आदि कारणले जिन्दगी नै बर्बादमा पार्छन् ।

काेरियनहरुलाई चाहिएको मात्रै काम हाे,जहाँकाे जाे मजदुर भएपनि उसले कम्पनीमा हाे भने मेसिन सँगै जाेतिएर काम गराेस,यदि कृषि फार्ममा हाे भने चर्को गर्मी र जाडाेमा जाेतिएर काम गराेस उनीहरूकाे चाहना यति मात्रै हाे ।काेरियनहरुलाइ भाषा भिसा पनि आवश्यक हुदैन,मात्रै काम हेर्छन् ,इपिएस भाषा परिक्षामा के के नै जस्तो गरि प्रक्रिया पुरा गराइन्छ तर काेरिया त्यसको केही काम नै हुदैनन् ।भाषा नजानेका र भिसा नभएका विदेशीलाई पनि काेरियनले कम्पनी तथा अन्य ठाउँमा काम लगाउछन ।

काममा अलिकति तलमाथि ,ढिलासुस्ती भए काेरिएनहरु उत्तर काेरियाका आनविक बम जस्तै गरि पड्कन्छ,गालिका वर्षा,सेक्या,खे सेक्या मुटु चुड्ने गाली,धकडपकड ।प्रवासी मजदुरले भाषा बुझाेस नबुझाेस एकाेहाेराे काेरियनमै सरर बगेर मजदुरलाई पागल बनाउने काेरियन साहु,तथा उसका कर्मचारीहरु ९८% प्रतिशत यस्तै हुन्छन् ।

लाग्छ संसारका सबैभन्दा बढि रिसाउने मान्छे काेरियनहरु हुन ,संसारमा मजदुरहरुलाई हेप्ने र पेल्ने काेरियनहरु हुन ।तर कम्पनीमा कामकाे बेला मात्रै यिनिहरु यसरी राक्षस हुदा रहेछन् ,काम सकिएपछि काेठा जादा गेटमा उभिएर आन्याङहासियाे भनेर मजदुर ढाेक्ने ,सन्चाे विसन्चाे साेध्ने ,खाना खाइस भनेर अलिकति माया देखाउने काेरियनहरु पनि एकाध ठाउँमा भेटिदा रहेछन् ।तर काेरिया बसाइमा अत्यधिक काेरियनहरु निर्दयी नै भेटिए ,ठगहरु भेटिए ,श्रमशाेषकहरु भेटिए ,तलब कटाैति गर्नेहरु भेटिए ।

यिनको चरित्र र व्यवहार देखेर लाग्थ्यो नेपालमा कुनै जाे काेहि काेरियन भेटिए त्यसलाई पनि म यस्तै व्यवहार गर्छु ।नेपाल फर्केपछि एकदिन विश्वका धेरै देश घुमिरहेका अभियान्ता काेरियन नागरिक यमाे भेटिए ।काेरिया बाट फर्केपछि भेटिएका पहिलो काेरियन नागरिक यमाेलाई जानिनजानि काेरियनमा कनिकुथि कुरा गरे ।हाम्रो देश कस्तो लाग्यो भनेर प्रश्न गर्दा उसले नेपाल र नेपालीको धेरै तारिफ गर्दै धेरै प्रसंसा गरे ।

यहि क्रममा मैले उनको देश काेरियाकाे बारेमा मज्जाले भन्ने माैका पाए ,तिम्रो देशका धेरै मानिसले विदेशीहरुलाई काम गर्नैकै लागि जन्मेको मान्छाै,मजदुरलाई अत्यन्तै तल्लो स्तरकाे व्यवहार गर्छाैं ,मानव अधिकारकाे उलंघन र श्रम शाेषण गर्छाैं,यति मात्रै के भनेको थिए ,उ अचम्म र आचार्य चकित भयो ।किन भनेे मैले भनेका कुराहरु उसलाई लज्जित र गम्भीर बनाउने खालका थिए ।मैले उसलाई भने याे गम्भीर भएर भन्दै छु,तिमि सामाजिक व्यक्ति कुनै दिन काेरियाका त्यस्ता कुनै सभा सम्मेलन र गाेष्ठिमा यस्ता सवाल उठाउनु ।उसले चिन्तित हुदै आफुले आफ्नो पहुँचमा याे कुरा उठाउने भन्दै काेरियनले तिम्रो मन दुखाएकाेमा क्षमा चाहान्छु भन्यौं ।मलाई चित्त दुखाउने काेरियन साहुहरु काे हुन काे हुन ,तर पनि मेरो मन बुझाउन मैले एक काेरियन सँग काेरियनहरुकाे व्यवहारलाई उदृत गर्दै पीडा पाेखे।

यात्राको क्रममा भेटिने काेरियन असाध्यै सहयोगी पनि भेटिन्थे ।तर तिनको भेटले हामी श्रमिकहरुकाे जीवनमा कुनै फरक पार्दैन। किन कि हामीलाई काेरियनकाे सरलता चाहिएको ,काेरियनकाे माया चाहिएकाे कार्यस्थलमा हाे ।काेरियनहरुका चरित्र सदाबहार नहुने रहेनछन्।कार्यस्थलमा पागल हुने काेरियनहरुकाे स्वभाव यात्रामा भेटिदा यति नरम,यति सहयोगी देखिन्छन् कि त्यो कल्पना गर्न सकिन्न ।

काेरियामा साथी बिरामी भयो भने उसलाई अस्पताल लिने समेत फुर्सद हुदैन ।गम्भीर बिरामी साथीलाई ल है त राम्रोसँग केयर गरेस भनेर काममा जाने र १२,१४ घण्टा पछि काम बाट थकित हुदै आएर कस्तो छ तलाई भन्नुपर्ने परिस्थिति त्यहाँ हुन्छ ।मतलब काेरियामा काम बाहेक दायाँबायाँ सम्भव नै छैन ।नेपालमा हामीले समयलाई जता घुमायाे उतै घुम्छ तर काेरियामा समयले हामीलाई डार्याउने हाे ।हुन त विदेशका अरु देशमा पनि काम गर्ने निश्चित समय हुन्छ हाेला तर काेरियाकाे जस्तो निर्मम समय सायद अनेत्र कमै हाेलान ।

झिरझिर बलिरहेका आगाेका झिल्का पन्छाउदै छाङगाप (पन्जा ) काे भरमा ताताेताताे फलाम समाउदै,पसिना तररररर चुहाउदै एकमिनेट पनि नराेकिएर काम गर्दा शरीर आगाे जस्तै तातो भइरहेको हुन्छ ।कम्पनीमा काम गर्नेहरुलाई थाेरै भएपनि चित्त बुझाउने अलिकति पैसा बढि तर मर्नेगरि खेतबारीमा काम गर्ने मजदुरलाई जति काेरियन साहुले अरु कसैलाई ठगेका हाेलान र ? तर पनि नेपालकाे गरिबीका कारण पीडालाई खुसिमा जबर्जस्त बदल्नु पर्ने हुन्छ ।