कोरियामा ब्रेन ट्युमरको उपचार गर्दा दुवै आँखाको ज्योति गुमाएका यूवालाई सहयोग गर्न कोरियाबाशी नेपालीहरुमा अनुरोध !

सिओल

“ब्रेन ट्युमरको उपचार गर्दा गर्दै दुबै आखाको ज्योति गुमाएका अमृत बस्नेतको लागि सहयोग अभियान सुरु भएको छ ।ह्वासाङ्ग नेपाली परिवार दक्षिण कोरियाले अमृतकाे उपचारकाे लागि ओैपचारिक रुपमा सहयोग अभियान सुरु गरेको हाे ।

बिगत लामो समय देखी बायाँ आँखा सामान्य धमिलो भई चेक जाच गर्दा गर्दै ब्रेन ट्युमरको समस्या पनि देखा पर्न गएको र ब्रेन ट्युमर को उपचारको क्रममै हाल दुबै आँखाको ज्योती गुमाउनु भएका रुकुम पश्चिम गाेतमकाेट घर भएका अमृतकाे लागि आर्थिक सहयोग अभियान सुरु गरेको ह्वासाङ्ग नेपाली परिवारका निवर्तमान अध्यक्ष दिपक बन्जाराले जानाकारी गराउनु भएको छ।

घरायसी समस्या समाधान गर्न आर्थिक अबस्था मजबुत बनाउछु भनी कोरिया प्रवेश गर्नुभएका , हाल आफै आर्थिक सहयोग माग्ने अबस्थामा हुनुहुन्छ, बिगत लामो समय उपचार गराइरहदा पनि अझै थप ६ महिना बस्नुपर्ने सुझाब डाक्टरको भएतापनी कोठामा एक्लै बस्दा झन डि’प्रेशन हुने समस्या देखि साहुले नेपाल पठाउने निधो गरेको र नेपालमा उपचारको लागि आर्थिक अबस्था कमजोर भएको हुदा , सहयोगी मनहरुमा सहयोगको लागि सबैलाई अनुरोध गरिएको हो।याे अभियान दक्षिण काेरियामा बसाेबास गर्ने नेपाली समुदाय तथा विभिन्न संघसंस्थालाई लक्षित गरि सुरु गरिएको हाे ।

उनि काेरियाकाे ख्याङगिदाे प्रान्त ह्वासाङ्ग सि को फारान नजिकै आजु स्टिल कम्पनीमा कार्यरत थिय।बिरामी भएयता उनलाई अस्पतालमा लाग्ने खर्च कम्पनिले बेहोरेतापनी अवको थप उपचारका लागी उनलाई सहयोग होस भन्ने उद्देश्यले अभियान चलाईएको छ।स्रोतका अनुसार कम्पनीले हाल सम्म नेपाली २० लाख उपचारमा खर्च भएको जानाकारीमा आएको छ।

कार्यस्थल दृघटना बाहेकका अन्य आफ्ना भित्री रोग हरुको फोहम(बिमा) नभएतापनि कम्पनिले उनको उपचारको लागी हरसम्भव सहयोग गरेको बुझिएको छ।अमृत भाषा परिक्षा पास गरेर ठिक तीन वर्ष अगाडि श्रमिक भिषामा दक्षिण काेरिया आएका थिय।

“सुनौलो सपना बोकेर कोरिया आएको थिय,आज ब्रेन ट्युमर भएर उपचार गर्दा आँखाको ज्योती नै गुमाएर भारी मनका साथ नेपाल फर्कदै छु,अकल्पनिय यो पिडालाई मल्हम लगाउन सहयोग गर्नुहुने सम्पुर्णमा धन्यबाद ज्ञापन गर्न चाहन्छु।”पिडितले कान्तिपुर प्रेस संगको प्रत्यक्ष टेलिफोन सम्पर्कमा भनेका छन।

पाँच महिना देखि काम समेत नगरेका अमृत अहिले कम्पनीको आवासमा आश्रय लिएका छन् ।ह्वासाङ्ग नेपाली समाज दक्षिण कोरियाका निवर्तमान अध्यक्ष दिपक बन्जाराका अनुसार केही दिन यता बिभिन्न सामाजिक सस्थाहरुले सहयोग अभियान चलाएतापनि उल्लेख्य रुपमा सबैको सहयोग नआएको बताउनुभयो।

आफ्नो परिवारको सुन्दर सपना बोकेर परदेश आएको जो कोहीले पनि ब्रेन ट्युमरको अप्रेशन गर्दा आँखाको ज्योति गुमाउनुको पिडा बोध गर्न गार्हो हुने उहाँले बताउनुभयो।उहाँको यो अकल्पनिय पिडा लाई थोरै भएपनि मल्हम लगाउन हामी आँखा देख्नेहरुले आँखा बन्द गरेर बस्न नहुनेपनि उहाँले बताउनुभयो।

भाईको सहयोग अभियान चलेतापनि कोरियाका सहयोगी संस्था भनेर चिनिएका एनसिसि,एनआरएनए ले वेवास्था गरेकोमा उहाँको चित्त दुखाई थियो।

उहाँका अनुसार,”भलै हामीले भाईको आँखाको ज्योती फर्काउन नसकौँला तर उहाँको निभेको मनको ज्योती भने अवश्य फर्काउन सक्नेछौँ,त्यसैले यस कठिन परिस्थितिमा सम्पुर्ण कोरियाबाशी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई थोरै भएपनि सहयोग गरिदिनुहुन अनुरोध गर्दछु” ।

सहयोगको लागि बैङ्क खाता
하나 은행-144-910579-54007
BASNET AMRIT(पिडित स्वयमको खाता)