अनुशासन कोरियन सभ्यताको सर्वोत्कृस्ट पहिचान हो !

सिओल

हातमा कफीको खालि ग्लास (कागजको)थियो ।म एता उता आखा डुलाउदै थिए ।मान्छेहरुले नदेख्ने गरि एकातिर फुत्त मिल्क्याएर कुले हान्ने दाउमा थिए ।मेरो आखाको खोजाइ र सारीरिक भाषा छेउको साथीले पत्तोपाई हालेछ ।

स्वरयन्त्रमा कुनै कम्पन नल्याई स्वासले मात्र कानमा साउती मार्यो “यहा त जता ततै फोहोर फाल्न हुन्न नि, यो नेपाल होइन, गतिलै जरिमाना भेटिन्छ ।मैले त्यो खालि ग्लास रुम सम्म बोकेर आए र उचित ब्यबथापन गरे ।पहिलो पटक परदेश (कोरिया )मा साथीहरु संग बाहिर निस्कदाको यो अनुभबले सिकाएको अनुसासन अनि राज्य व्यवस्था प्रतिको मानिसको डर र सम्मान देखेर चित खाए ।

अनुसासन कोरियन सभ्यताको सर्वोत्तम गुण हो ।विभेद रहित समाज ,मानवीय सस्कार र एकापस बिचको आदर सत्कार नै राज्य सुशासन प्रत्याभूतका यथस्त प्रमाण हुन् ।यहाँ हरेक मानिस अनुशासित छन ।सर्व साधारण मात्र होइन राज्य ब्यवस्थापक पनि त्यतिनै अनुशासित र इमान्दारी छन ।

एउटा घतलाग्दो कुरा के भने कोरियनले नेपालीलाई पनि अन्य देसको कामदार भन्दा इमान्दार र अनुशासित मान्दछ ,र यो सत्य पनि हो यदि नेपालीहरु अनुशासित नभएको भए खालि कफीको ग्लास बजार देखि बोकेर रूम सम्म म पनि ल्याउदिन थिए । बसमा चढ्दा क्रमागत पंतिमा पालो पर्खिएर होस् या बजारमा व्यवसायिक लेनदेन गर्दा कोरियनले झैँ नेपालीले गर्ने शिष्ट ब्यबहार अनि नम्र र सम्मानजनक बोलि र शारीरिक झुकाव (टाउको निहुराएर )अनुशासनको दरिलो आधार होइनन् र ?अर्को कुरा कोरियन सरकारले इपियस मार्फत आफ्नोदेशमा कामदार भित्र्याउने १६ मुलुक मध्ये ज्यादा भन्दा कोटा नेपाललाई दिन्छ किन त ?नेपालीले देखाएको इमान्दारिता र अनुशासनको कारण होइन त ?अब भन्नुस कोरियनले क्षितिजको नक्षत्र चिनिरहदा मेरो देशले आङ्को मेरुदण्ड किन नचिनेको?

म जस्ता सृजनसिल,मेहनती ,र अनुसासित लाखौ युवाहरु हरेक वर्ष बाहिरिरहेका छन ०७५/०७६ को सरकारी प्रतिबेदनले ५ लाख ८ हजार युवा बाहिरिएको डाटा देखायो ।आखिर त्यस्तो कुन महोत्वकांक्षले यतिका ठूलो जमातलाइ झोला बोकायो ?देशलाइ चाहिने विदुषी र साहसी युवा जमात दिनानु किन बाहिरिदै छन ?वास्तबमा कुनै ठूलो महत्वकांक्ष हुन्न परदेशीसंग न त कुनै वैभाबशाली सौख नै ।लाखौ परदेशीको कथा गाथा अनि कहानी मिल्दो जुल्दो छ।

कोहि अनिश्चित भविष्यको खोजीमा त कोहि अस्वेत अतित भुलाउन वा सवार्न भने अधिकांस युवाहरु दुइ छाकको जोहो मा निस्किएका छन |कौलीको आखा खुलाइले आफ्नो स्वामित्वको छानो नदेख्नु पहिलो पाइला आफ्नो आगनीमा नपर्नु अनि चुठ्ने जुठ्याल्नो समेत अरुको अधिनमा हुनु ,यहि नियतिलाइ स्वीकार्न नसक्ने बीरता र धीरताको कोखबाट जन्मन्छन परदेशीहरु ….।आखिर किन सामान्य जिबिकोपार्जनका निमित्तपनि बिदेस पस्नु पर्ने ?छाना, नाना र खाना कै लागि किन बिदेशी गोरेटोको पथिक बन्नु पर्ने ? एक शब्दको उत्तर हो राज्य ब्यबस्था ,राजनीतिक अनुशासन रहित नेतृत्व ।

हो राजनीतिक अनुशासन रहित नेतृत्व नै मुख्य कारण हो । सामाजिक ,धार्मिक,नैतिक,राजनैतिक अनि मानवीय उपयोगी नियम भित्र बस्नु नै अनुसासन हो ।अनुसासन सफलताको प्रेरक हो यसले यस्तो उर्जा जगाउछ जसको सिढी चढेर सम्पन्नताको यात्रा तय गर्न सकिन्छ ।देशमा ठूला परिवर्तन भएपनि प्रगति हुन् नसकेकै हो ।

राज्य संघात्मक भएपनि बिपन्न छ।सुशासन त कुन चराको नाम हो बराबर नै छ ।नेतृत्वमा राजनीतिक अनुसासन सुन्य छ ,आज दक्षिण कोरिया ले बिकासको छलांग मारिरहादा यहाको अनुशासन नै सारगर्भित मान्न सकिन्छ ।अनुसासन पालनाको सानो उदारण माथि उल्लेखित गरिसकेको छु ।दक्षिण कोरियालाई हेरेर सिप र अनुशासन दुवै भित्र्याउन सके निकट भविष्यमै मेरो देशका सृजनशील यूवाहरुले झोला बोक्नु पर्ने थिएन कि ।