वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको कोरिया संगठनको विस्तारित बैठक सम्पन्न

सिओल

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको प्रवास संगठन प्रगतिशील नेपाली समाज द. कोरियाको विस्तारित बैठक सेप्टेम्बर १९ तारिक धेपुदो होमष्टेमा सम्पन्न भयो।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य तथा कोरिया संगठनका संयोजक क. सन्तोष बराईलीको संयोजकत्वमा बसेको बैठकले संगठनलाई व्यापक विस्तार गर्ने निर्णय गरियो।

बैठकले सचिवमा वीरेन्द्र विस्वाकर्मालाई चयन गरियो साथै २ वटा विभाग थप गरियो स्कूल विभाग स्कूल विभागमा क. प्रेम बर्देवा, क. अर्जुन श्रेष्ठ र क. सुरेश परियारलाई चयन गरियो। प्रचार विभागमा क. महेन्द्र मोक्तान, क. सन्तोष कश्यप विस्वकर्मा, क. किशोर गोतामेलाई चयन गरियो। अर्थ विभागमा क. निशान सुनारलाई पहिलाकैमा निरन्तरता दिएर क. रोहित विश्वकर्मा र क. हरि बराइलीलाई चयन गरियो।

बैठकले पार्टीको कार्यदिशा, रणनिती र कार्यनिती ठिक ठानेर पार्टी प्रवेश गर्नुहुने निम्न कमरेडहरुलाई प्रगतिशील नेपाली समाज द. कोरियाको केन्द्रित सदस्यमा चयन गरियो। क. महेन्द्र मोक्तान, क. वीरेन्द्र विस्वाकर्मा, क. अर्जुन श्रेष्ठ, क. किशोर गोतामे, क. भक्तराज गदाल, क. निरज वान्तवा, क. हरि बराइली, क. अरुण सुनार।

बैठकमा अथिति राखीएन र हाम्रो संघठनको हरेक कार्यक्रममा अथिति, खादा, माला, ब्याज, टिकाको संस्कृतिलाई भत्काइने छ, हाम्रो प्रत्येक कार्यक्रममा सबै मानिस समान हुने हाम्रो संस्कृति हो, बैठकको स्टेजमा करिव ६० वटा जती पुस्तक थिए, पुस्तक अधिकांश मार्क्सवादीनै हुनेछन, पुस्तक राख्नुको मुख्य उद्देश्य हामीले ठिक पुस्तकको पठन संस्कृतिको विकास नगरी हामी कम्युनिस्ट हुन सक्दैनौ र कोरियामा प्रगतिशील नेपाली समाजको स्कूल विभागले पुस्तकालय पनि निर्माण गरेको छ तर पुस्तक एक ठाउमा जम्मा भएर पढ्न असम्भव भएकाले कुरियर ( थेक्पे ) मार्फत गरिने छ यो अहिले वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका सदस्यलाई मात्र सिमित छ तर भोलीका दिनमा दक्षिण कोरियामा भएका आम मार्क्सवादी पाठक सम्म पूर्याउने जमर्को गरेका छौ। बैठकमा पार्टीको बारेमा क. सन्तोष बराइलीले प्रस्ट पार्नु भयो।

बैठकमा mcc को विरोध प्ले कार्ड सहित प्रदर्शन गरियो अमेरिकी परियोजना एम . सी . सी . द्वारा नेपालको प्राकृतिक श्रोत साधन साथै हाम्रो स्वाधिनता माथी पनि हस्तक्षेप गर्ने अमेरिकी साम्राज्यवाद तथा नेपालको दलाल पुंजीवादी व्यवस्थाको विरोध गरेको छ र आगामी दिनमा थप आन्दोलनका कार्यक्रमहरु गर्ने निर्णय पनि गरेको छ।

हाम्रो गौरवशाली पार्टी वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालले समाजवाद चाहनेहरुको समानान्तर समाजवादी समाज निर्माणको प्रक्रियामा अघि बढेको हाम्रो पार्टी प्रति शुभेच्छुकहरुलाई अवगतनै छ यो पार्टी केन्द्रको आजको युग अनुसारको ठिक कार्यक्रमलाई कोरियाको संगठनले पूर्ण रूपमा समर्थन र आवद्द हुने प्रतिबद्धता जाहेर गरिएको छ।