जापानमा श्रीमतीसहित बस्दै आएका एक नेपालीले गरे आत्मह’त्या

टोकियो

जापानको खानागावा प्रिफेक्चरमा एक नेपाली युवाले आफ्नो ज्यान आफैंले लिएका छन्। प्राप्त जानकारी अनुसार खानागावा प्रिफेक्चर मिदोरी वार्डको नागाचुता भन्ने ठाउँमा गैरे थरका युवाले आफ्नो ज्यान आफैंले लिएका हुन्।

नेपाल बुटवल घर हुनुभएका गैरे जापानमा वर्किगं भिषामा रहँदै आएका थिए । श्रीमती सहित बस्दै आएका गैरेले सेप्टेम्बर २६ तारिख आईतबार साँझ ज्यान फालेका हुन् । अन्दाजि ३५ बर्षिय गैर आफु बस्दै आएको घरको सिँढिमा झुण्डिएको अवस्थामा मृ’त भेटिएका हुन् ।

हाल शव प्रहरी नियन्त्रणमा रहेको र प्रहरीले छानविन तथा पोष्टमार्टम लगाएको प्रक्रिया गरिरहेको बताइएको छ ।जापानमा आफ्नो ज्यान आफैले लिने नेपालीहरुको संख्या बढिरहेको छ । जापान जस्तो बिकसित देशमा आफुले आफैलाई मानसिक रुपमा स्वास्थ्य राख्न एकदमै जरुरी रहन्छ ।

ईपिएस प्रक्रिया पुरागरेका नेपाली नागरिकलाई तत्काल कोरिया पठाउन संसदीय समितिको निर्देशन

संसदीय समितिले कोरियाली भाषा परीक्षा पास गरेर सम्पूर्ण प्रक्रिया पुरा गरी अलपत्र परेका नेपाली नागरिकलाई अविलम्ब दक्षिण कोरिया पठाउन सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसद अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित सम्बन्धि समितिको आईतबार सिंहदरवारमा बसेको बैठकले इपीएस परीक्षा पास गरेर बसेकाहरुलाई तत्काल दक्षिण कोरिया पठाउन र छनौट भएका कामदारहरु कोरिया नगएसम्म नयाँ परीक्षा नगर्नको लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको हो ।

आइतबार बसेको बैठकमा समितिले श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयसँग छलफल गरी आवश्यक प्रक्रिया पूरा गरी तत्काल उनीहरुलाई दक्षिण कोरिया पठाउन निर्देशन दिएको समितिका सभापति बिमल प्रसाद श्रीबास्तबले जानकारी दिए ।

बैठकमा लामो समय देखि भाषा परीक्षा पास गरेर सम्पूर्ण प्रक्रिया पुरा गरिसक्दा पनि कोरिया पठाउने काममा आलटाल गरेको भन्दै समितिका सदस्यहरुले सरकारको आलोचना गरेका थिए ।