कोरियामा आत्मह’त्याको दर डरलाग्दो,दैनिक ३६ जनाले आत्मह’त्या गर्ने ओईसिडीको रिपोर्ट !

सिओल

कोरियाको आत्मह’त्या दर २०२० मा Organization for economic cooperation and development (OECD) राष्ट्र (३८ राष्ट्रको समूह ) मध्ये पहिलो नम्बरमा परेको छ।कोरियाको आत्मह’त्या दर OECD राष्ट्रको औषत दर भन्दा दोब्बर कोरियाको तथ्यांक विभागले आज सेप्टेम्बर २८मा सार्बजनिक गरेको हो।

OECD ले सार्वजनिक गरेको रिपोर्ट

दिनमा ३० जनाले आत्मह’त्या गर्ने गरेको तथ्याङ्क सार्वजनिक भएसंगै आत्मह’त्या १० बर्षे ,२० बर्षे ,३० बर्षे उमेर समुहको कोरियनको मृ’त्युको कारण पहिलो नम्बरमा, ४० बर्षे, ५० बर्षे उमेरको दोश्रो नम्बर, ६० बर्षे उमेरको मृ’त्युको कारण चौथो नम्बर ,महिलाको भन्दा पुरुषको आत्मह’त्या गर्ने सख्या बढी छ।पुरुष ५ औ स्थानमा छ भने महिला ८औ स्थानमा छ।

गत बर्ष (२०२०) मा आत्मह’त्या गर्ने कोरियन जनताको सख्या १३ हजार १ सय ९५ थियो।दिनमा ३६.१ जनाले आत्मह’त्या गरि ज्यान गुमाउछन।२०१९मा १३ हजार ७ सय ९९ ले आत्मह’त्या गरेका थिय।

२०१९को तुलनामा कोरियनको आत्मह’त्या दर घटे पनि OECD ३८ राष्ट्रको आत्मह’त्या औशत दर सग तुलना गर्ने हो भने कोरियाको आत्मह’त्या औषत दर २३.५ जना छ भने OECD रास्ट्रको १०.९ जना छ जुन दोब्बर हुन आउछ।

कोरियनको म’त्युको कारण आत्मह’त्या ५ औ स्थानमा आउछ।कोरियनको मृ’त्युको कारण मध्ये पहिलो नम्बरमा क्यान्सर दोश्रो नम्बरमा मुटु रोग,तेश्रो नम्बरमा निमोनिया, चौथो नम्बरमा टाउकोको पक्षपात पाचौ नम्बरमा आत्मह’त्या छ।आत्मह’त्या गरि मर्नेको सख्या चिनी रोग, आल्छोहाईमा रोग,कलेजोको रोग,उच्च रक्तचाप,रगत सम्बन्धि रोगले ज्यान गुमाउनेको सख्या भन्दा बढी छ।

गत बर्षको तथ्यांक अनुसार २०१९मा भन्दा २०२० मा ७० बर्षे उमेर, ६० बर्षे ,५० बर्षे ,४० बर्षे उमेरको कोरियनको आत्मह’त्या दर केहि घटेको छ भने ३० बर्षे उमेरको आत्मह’त्या दर ०.७%ले ,२० बर्षे उमेर समुहको १२.८%,ले १० बर्षे उमेर समुहको ९,४%ले बढेको छ।२० बर्षे महिलाको आत्मह’त्या सख्या २०१९मा १६.६ जनादेखि २०२०मा १९.३ जना १६.५%ले बृद्दी भएको छ । १० बर्षे उमेर समुहको पुरुषको आत्मह’त्या दर ५.५ जना देखि ६.५ जना १८.८% बृद्दी भएको छ ।उदय राई