दक्षिण कोरियामा हजारौँ एटिएम बुथ हरु बन्द गरिए !

सिओल

दक्षिण कोरियामा अनलाईन तथा मोवाईल पेमेन्ट प्रयोग गर्नेहरुको सङ्ख्या बढदै जाँदा हजारौँ एटिएम बुथहरु बन्द गरिएका छन।

बैङ्क अफ कोरियाका अनुसार पछिल्लो समय अनलाईन पेमेन्ट को आकर्षण बढदै गएपछी एटिएम बुथहरु प्रयोगबिहिन जस्तै बनेपछी बन्द गर्न थालिएको बताईएको छ।

गत बर्ष १७०० भन्दा बढी स्वचालित एटिएम मेशिनहरु हटाईएकोमा यो बर्ष समेत हजारौँको सङ्ख्यामा एटिएम मेशिनहरु हटाईएको हो।

बैङ्क अफ कोरियाको तथ्याङ्क अनुसार गत हप्ता सम्ममा कोरियाभर १,१७,६२३ एटिएम मेशिनहरु रहेका थिय जुन गत बर्षको भन्दा १७६९ ले कम हो।हटाईएका अधिकाँश बुथहरु सउल र बुसानका हुन।

बैङ्क स्टाफका अनुसार पछिल्लो समय मानिसहरुले नगद कारोबार एकदमै कम गरेको र त्यसको सट्टामा मोबाईल भुक्तानी,काकाओ पे,सामसङ पे जस्ता अनलाईन पेमेन्ट गेटवे प्रयोग गर्नेहरुको सङ्ख्या बढेपछी एटिएम प्रयोग कम भएकाले एटिएम राख्ने भाडा समेत नउठेपछी हटाउनुपरेको बताएका छन।

दक्षिण कोरियाका प्रमुख शहरहरु सउल,बुसान,ख्वाङ्जु,थेजन र ईन्छनमा एटिएमको सङ्ख्या प्रत्येक १ किलोमिटर दुरीमा कुल एटिएमको क्रमश ३४.९,९.१,६.६,६.१,५.९,५.६ प्रतिशत रहेको छ।

दक्षिण कोरियामा अपार्टमेन्टको बाहिरी सिसा पुस्ने क्रममा ४० मिटर माथीबाट खसेर एक श्रमिकको मृ’त्यु !

दक्षिण कोरियाको ईन्छन स्थित सोङ्दो मा अवस्थित एक अपार्टमेन्ट को बाहिरी भागमा रहेको सिसा पुछने क्रममा ४० मिटर माथीबाट खसेर २९ बर्षिय श्रमिकको घटनास्थलमै मृ’त्यु भएको छ।

२७ तारिख बिहान ईन्छनको यन्सु सोङ्दो विजनेस डिस्ट्रिक मा अवस्थित ४९ तल्ला अपार्टमेन्ट को १५ औँ तल्लाको बाहीरी सिसा पुछदै गर्दा एक्कासी खसेर घटनास्थलमा मृ’त्यु भएको ईन्छन प्रहरी कार्यालयलाई उदृध गर्दै कोरियाली सन्चार माध्यम सउल सिन्मुनले जनाएको छ।

मृ’त व्याक्तीलाई टाउको मा ठुलो चो’ट लागेको र घटनास्थलमा तुरुन्तै एम्बुलेन्स आएर नजिकको अस्पतालमा संस्थामा पुर्याउदा अस्पतालले मृ’त घोषणा गरेको जनाईएको छ।

४९ तल्ले अपार्टमेन्ट को सिसा पुछने काम सरसफाई कम्पनिले करिव १ महिना अगाडी देखी गरेको र घटना हुने दिन सरसफाई को अन्तिम दिन रहेको जानाकारीमा आएको छ।साथै उक्त सरसफाई ठेक्का लिने कम्पनी ले ६ जना पुछने कामदार लगाएकोमा मृ’तक पहिलो पटक घटना हुने दिन आराबाईट गर्न आएको बुझिएको छ।

ईन्छन प्रहरीका अनुसार अहिले प्रहरीले उक्त कम्पनीले सुरक्षा सम्बन्धी मापदण्ड पालना गरे नगरेको,सुरक्षा उपकरण प्रयोग गरे नगरेको बिषयमा गम्भिर अनुसन्धान थालेको बताएको छ।मृ’तकको नाम तथा देश समेत खुलाईएको छैन