दक्षिण कोरियाको ह्वासाङ्ग जे’ल मा विदेशी कै’दी माथी चरम अमानविय व्यवहार !

किशन गौतम

दक्षिण कोरियाको ह्वासंङ स्थित बिदेशी हिरासत केन्द्रमा राखिएका बिदेशी ब’न्दिहरुमाथि चरम अमानविय ब्याबहार हुने गरेको पाइएको छ l

आप्रवासी मानवाधिकारको लागी नागरिक समुहले गरेको एक छानबिन अनुसार त्यहाँ रहेका एक मोरोक्कन बन्दीमाथि अत्यधिक बल प्रयोग गरि चरम अमानविय ब्याबहार गरेको पाइएको हो l उनीहरुले उक्त कार्यको निन्दा गर्दै अभिलम्ब रिहाइको माग गरेका छन l

समाचार एजेन्सी कोरिया टाइम्सका अनुसार २०१७ मा कोरिया प्रवेश गरेका ३० बर्षिय ति नागरिक शरणार्थी भिषा बनाउने क्रममा गएको मार्च महिनामा पक्राउ परेका थिए l नागरिक समुहका अनुसार उनले आफु शारीरिक तथा मानसिक बिरामी भएकोले उपचारकोलागी माग गरेको भए पनि प्रशासनले उनको मागलाई बेवास्ता गर्दै आएको थियो l

उक्त समुहले बुधबार कोरियाको राष्ट्रिय मनाबधिकार आयोग अगाडी एक पत्रकार सम्मेलन गर्दै बन्दीलाई तुरुन्त रिहा गरि अभिलम्ब अध्यागमन हिरासत केन्द्रका प्रमुख तथा न्याय मन्त्रीले माफी माग्नु पर्ने माग गरेका छन् l

आप्रवासी मनाबधिकारका लागी नागरिक समुहले सिसिटिभी फुटेजका आधारमा गरेको छानबिन अनुसार उक्त बन्दीलाई पटक पटक अन्य बन्दि भन्दा फरक स्थानमा लगि हात खुट्टा बाधेर टाउकोमा कपडाले बेरेर २० मिनेट देखि ४ घण्टा २४ मिनेट सम्म राख्ने गरेको पाइएको छ l बाध्नको लागि केवल टाई सम्मको प्रयोग गरिएको बताएको छ l” जनावरलाई भन्दा पनि घटिया ब्याबहारको हामी घोर भर्त्सणा गर्दछौ ” समुहका एक अधिकारीले भने l

“अध्यागमन हिरासत केन्द्रहरुमा ‘सुरक्षात्मक उपकरण’ उपयोगको नियममा भनिएको छ कि बन्दीरुलाई डोरी हथकडी र सुरक्षात्मक बस्तुको प्रयोग बन्दिबाट कुनै किसिमको हानी नोक्सानी पुर्याउने अबस्था आएमा मात्र अपवादको रुपमा प्रयोग गर्नु पर्छ । तर यहाँ उदेश्य भन्दा फरक तरिकाले कार्य गरिएकोले यसलाई यातना को रूपमा स्पस्ट देख्न सकिन्छ ” समुहले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ l

“यो एक गम्भीर बिषय हो, जुन एक आपराधिक अपराध बन्न सक्छ l हामीले यो मामलाको विवरण संयुक्त राष्ट्र संघको मानहानी सम्बन्धि कार्यदल र संयुक्त राष्ट्रसंघीय यातना विरुद्धको समितिमा पेस गरेका छौं “। वकील ली हान जाईले भने l

कोरियाको आप्रवास हिरासत केन्द्र , न्याय मन्त्रालय द्वारा संचालित एक सुविधा हो ,जहाँ कोरिया बसाइ अबधिमा आबस्यक दस्तावेजहरु नपुगेका विदेशीलाई केहि समय राखिने गरिन्छ l उक्त हिरासत केन्द्रमा नेपालीहरुपनि लामो समयदेखि बन्दि जीवन बिताइरहेका उदाहरणहरु छन l यसरी लामो समय बन्दि गृहमा रहदा उनीहरुको वास्तबिक मानवअधिकारको अबस्थाको वारेमा कोरिया स्थित नेपाली दुतावासले चासो देखाउनु पर्ने जरुरि देखिन्छ lहेनेको संवाददाता