आईफोन १३ किन्नुभयो ? यसको क्यामेरा त गज्जब छ नी , आँखा जाँच्न समेत उपयोगमा आएछ

सिओल

आईफोन १३ किन्नुभयो ? त्यसका सबै फिचरहरु पनि पढ्नुभयो त ? आईफोन १३ को प्रोमा रहेको क्यामेराले आखाँ जाँच्न समेत सकिने बताईएको छ ।

हो, आईफोन १३ (थर्टीन् )प्रोमा आएको एउटा नयाँ फिचर भनेको क्यामेरामा उपलब्ध म्याक्रो मोड हो । जसमार्फत अत्यन्तै क्लोज–अपमा फोटो र भिडियो खिच्न सकिन्छ ।

यो फिचरको प्रयोग गरेर धेरै प्रयोगकर्ताले विभिन्न विषयवस्तुको फोटो खिचिरहेका छन् । तर, अमेरिकी डाक्टर टमी कर्नले भने आईफोन थर्टीन् प्रोको क्यामेरा आखाँको उपचारका लागि पनि प्रयोग गर्न सकिन्छ भनेर देखाएका छन् ।

डा. कर्नले लिंकड्इनमा उनले आफूसँग भएको आईफोन थर्टीन प्रोलाई आँखाको जाँच गर्न प्रयोग गरेको बताएका छन् । उनले सेयर गरेको फोटोमा आँखा भित्रको सम्पूर्ण जानकारी देखिएको छ ।

उनले कोर्निया ट्रान्सप्लान्टको बिरामीको आँखामा देखिएको परिवर्तन फोटाेमा देखाएका छन् । यसको लागि आईफोन थर्टीन् प्रोमा रहेको म्याक्रो क्यामेरा प्रयोग गरिएको उनले बताएको विभिन्न अन्तरार्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

दक्षिण कोरियामा हजारौँ एटिएम बुथ हरु बन्द ! आखिर किन यसो गरियो? (पुरा पढनुहोस )

दक्षिण कोरियामा अनलाईन तथा मोवाईल पेमेन्ट प्रयोग गर्नेहरुको सङ्ख्या बढदै जाँदा हजारौँ एटिएम बुथहरु बन्द गरिएका छन।

बैङ्क अफ कोरियाका अनुसार पछिल्लो समय अनलाईन पेमेन्ट को आकर्षण बढदै गएपछी एटिएम बुथहरु प्रयोगबिहिन जस्तै बनेपछी बन्द गर्न थालिएको बताईएको छ।

गत बर्ष १७०० भन्दा बढी स्वचालित एटिएम मेशिनहरु हटाईएकोमा यो बर्ष समेत हजारौँको सङ्ख्यामा एटिएम मेशिनहरु हटाईएको हो।

बैङ्क अफ कोरियाको तथ्याङ्क अनुसार गत हप्ता सम्ममा कोरियाभर १,१७,६२३ एटिएम मेशिनहरु रहेका थिय जुन गत बर्षको भन्दा १७६९ ले कम हो।हटाईएका अधिकाँश बुथहरु सउल र बुसानका हुन।

बैङ्क स्टाफका अनुसार पछिल्लो समय मानिसहरुले नगद कारोबार एकदमै कम गरेको र त्यसको सट्टामा मोबाईल भुक्तानी,काकाओ पे,सामसङ पे जस्ता अनलाईन पेमेन्ट गेटवे प्रयोग गर्नेहरुको सङ्ख्या बढेपछी एटिएम प्रयोग कम भएकाले एटिएम राख्ने भाडा समेत नउठेपछी हटाउनुपरेको बताएका छन।

दक्षिण कोरियाका प्रमुख शहरहरु सउल,बुसान,ख्वाङ्जु,थेजन र ईन्छनमा एटिएमको सङ्ख्या प्रत्येक १ किलोमिटर दुरीमा कुल एटिएमको क्रमश ३४.९,९.१,६.६,६.१,५.९,५.६ प्रतिशत रहेको छ।