कोरियामा अव एक जनाले बर्षमा च्यानलको एउटा झोला र रोलेक्सको दुईवटा घडीमात्र किन्न पाउने !

सिओल

बहुरास्ट्रिय कम्पनी च्यानल कोरियाले ग्राहकले किन्न सक्ने झोलाको सङ्ख्यामा प्रतिबन्ध लगाउन थालेको छ।ठुला कम्पनीका महङ्गा लोकप्रिय झोला हरुको हकमा एक व्याक्तिले बर्षमा एउटा मात्र झोला किन्न पाउने छन।

हान्गुक एल्वो का अनुसार च्यानल कोरियाले आफ्ना ग्राहकवर्ग लाई लक्षित गरी नयाँ पोलिसी लागु गर्ने भएको छ।उसले “एक व्याक्ति प्रति बर्ष एक झोला” मात्र किन्न सकिने निती लिएको छ।च्यानल कोरियाले प्रति व्याक्ति एक बर्षमा एउटा टाईमलेस क्लासिक फ्ल्याप व्याग र एउटा हाते व्याग किन्न सकिने जनाएको छ।

साना छालाको झोला र पर्स वा पाउच गरेर दुई वर्गमा वर्गिकृत गरिएको मा यदी एउटै वर्गको झोला २ वटा किन्न चाहेमा ग्राहकले १ बर्ष कुर्नुपर्ने हुन्छ।

सउलका ठुला डिपार्टमेन्ट स्टोरहरुमा रहेका च्यानल कोरिया का डिलरहरुमा च्यानलका झोलाहरु किन्न विहान सबेरै देखी ठुलो सङ्ख्यामा लाईन लाग्नुपर्ने बाध्यता भएको र अन्य ठाउँहरुमा उच्च मुल्य तिरेर झोला किन्नेहरुको सङ्ख्या बढेसंगै च्यानल कोरियाले यस्तो नीति अपनाएको हो।

सउलमा च्यानल को झोला किन्न बिहानै देखी लाईन लाग्दै ग्राहकहरु

महङ्गा ब्रान्डका झोला किन्न शौखिन ग्राहकहरु बिहानैदेखी लाईनमा बसेर पालो कुर्दा समेत झोला किन्न नपाएसी च्यानल कोरिया ले यस्तो नीति अपनाएको हो।

महङ्गा ब्रान्डका सामान किन्न लाईन मा बस्न मेरो समय छैन साथै लामो समयसम्म लाईनमा बसेर किन्नको लागी गार्हो हुने एक ग्राहकले नेभर को लग्जरी सामान किन्दाको अनुभव सुनाउने ईन्टरनेट प्ल्यटफर्ममा अनुभव शेयर गरेका छन।

अर्का एक प्रयोगकर्ताले भनेका छन “स्टोरमा पस्न मात्रै दौडनु,लामो समय लाईनमा लाग्नुभन्दा म ३ लाख देखी ४ लाख वोन तिर्न तयार छु।”

गत बर्ष फेब्रुअरी,जुलाई र सेप्टेम्बरमा लगातार च्यानल कोरियाले झोलाको मुल्य बढाएपनी यसको मागमा भने कमी आएको छैन।कोभिड १९ को कारण प्रयोगकर्तामा थप बिलासी सामान प्रयोगको भोक बढेको बजार विश्लेषक हरु बताउछन।विदेश भ्रमणको लागी प्रयोगकर्ता हरु महङ्गा सामानहरु प्रयोग गर्ने लहर चलेको पनि विश्लेषकहरु बताउछन।

च्यानल कोरिया मात्र होईन चर्चित ब्रान्ड हर्मिस ले पनि बर्षमा समान डिजाईनको बढिमा एक व्याक्तिले २ वटा झोला मात्र खरिद गर्न सक्छन भने अर्को विश्वचर्चित घडीको ब्रान्ड रोलेक्सले समेत बार्षिक प्रतिव्यक्ती बढिमा २ घडी किन्न पाउने नीति लागु गरेको छ।

च्यानल कोरिया ले यो नीति लागु गरेसंगै उपभोक्ताहरुले झोलाको मुल्यमा थप वृद्दी हुने आशङ्का गरेका छन।प्रतिव्यक्ती बर्षमा एक झोला किन्न पाउने नियम अरु देशमा भने लागु भए नभएको बिषयमा च्यानल कोरियाले जानाकारी दिएको छैन।

कोरियाको लग्जरी सामानको बजार २०२० सम्म विश्वको सातौँ ठुलो बजार हो।यो बर्ष लग्जरी सामानको कारोबार १५ ट्रिलिएन वोन(१२.५ विलियन वोन) पुग्ने अपेक्षा गरिएको छ।दक्षिण कोरियामा विलाशिताका सामानहरुको विक्री मात्रै ७ ट्रिलियन वोन पुग्ने अपेक्षा गरिएको छ।