नेपाली श्रमिकहरु काेरिया लैजाने प्रक्रिया : यी हुन् बिमा गर्ने कम्पनी र पोलिसीहरु

बासुदेव भट्ट/काठमाडौं

लामाे समय देखि अबरुद्ध भएको नेपाली श्रमिकहरु दक्षिण काेरिया लैजाने प्रक्रिया सुरु गर्न काेरियाले राखेका सर्तहरु नेपालले पुरा गरे संगै यहि कार्तिक १० गते बाट नेपाली श्रमिकहरु कोरिया जान पाउने भएका हुन् ।

काेरिया सँग प्रतिबद्धता जनाए अनुसार श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार बिभाग अन्तर्गत ई.पि.एस काेरिया शाखा ग्वार्काे ललितपुरले गत महिनाको असार २४ गते कोभिड-१९ वीमाको लागि वीमा कम्पनीहरु सुचीकृत हुन आउने सम्बन्धि सूचना जारी गरेको थियो ।

श्रमिकहरु लैजादा १४ दिनको क्वारेन्टाइन खर्च र पाँच हजार डलर बराबरको विमा नेपाल पक्षले बेहोर्नु पर्ने काेरियाकाे एउटा सर्त थियो ।साेहि सर्त अनुसार इपिएस शाखाले एनएलजी ईन्सयोरेन्स कम्पनी लिमिटेड, अजोड ईन्सयोरेन्स कम्पनी लिमिटेड र प्रभु ईन्सयोरेन्स कम्पनी लिमिटेड गरी तिन वटा बिमा कम्पनीहरु छनाैट गरेको इपिएस शाखाका प्रमुख सुरेश रावतले जानकारी दिए ।

यसका अलवा कोरियाले राखेको नेपाल-कोरिया सिधा उडानको तेस्रो सर्त पनि नेपाल पक्षले टुङ्गो लगाई सकेको छ ।

सार्वजनिक गरेको सुचनाको विस्तृत तल छ ।

Hamra khabar