दक्षिण कोरियाले नोभेम्बर १ देखी लागु गर्न थालेको सामाजिक दुरीको खुकुलो नियम मा के के गर्न पाईन्छ? पुरा जान्नुहोस !

सिओल

कोरोना नियम सम्बन्धि दक्षिण कोरियाको स्वास्थ्य मन्त्रालयको घोषणा !!

नोभेम्बर सुरुबाट हाेटेल, रेस्टुरेन्ट, क्याफे जिम लगायत क्षेत्रमा लगाएको कोरोना कर्फ्युहरु हटाएर बिना रोकतोक संचालन गर्न दिइने !

सन २०२२ को फेब्रुअरीसम्ममा दक्षिण कोरिया कोरोना पुर्ब जस्तै सामान्य जनजिबनमा फर्किने !

दक्षिण कोरियाको स्वास्थ्य मन्त्रालयले कोभिड – १९ सम्बन्धि निकै महत्वपूर्ण घोषणा गरेको छ । मन्त्रालयमा भएको छलफल सत्रमा कोभिड – १९ सम्बन्धि नयाँ योजनामा ​​सार्वजनिक गरेको छ, जसअन्तर्गत फेब्रुअरी २९, २०२० देखि लागू भएको सामाजिक दूरी सम्बन्धि नियमलाई तीन चरणमा लगेर विस्तारै हटाउँदै लगिनेछ ।

पहिलो चरण अन्तर्गत नोभेम्बर पहिलो हप्ताबाट सुरु भएको योजनालाई प्रत्येक ६ हप्तामा नियमहरु सहज बनाउदै अन्तिम चरण फेब्रुअरी २०२२ सम्म गएर सामान्य जनजिबनमा फर्कने गरि सकिने मन्त्रालयले बताएको छ ।

सरकारको ‘लिभिङ विथ कोभिड-१९’ योजना अन्तर्गत को पहिलो स्टेप नोभेम्बर १ देखि रेस्टुरेन्ट, क्याफे, जिम र चलचित्र घरहरूलाई कर्फ्यू बिना सञ्चालन गर्न अनुमति दिइनेछ, सरकारले घोषणा गरेको हो ।

घोषणा भएको योजना अन्तर्गत कन्सर्ट, विवाह, खेलकुद कार्यक्रम र प्रदर्शन जस्ता कार्यक्रममा पनी ठूलो संख्यामा भाग लिन दिने भएको छ । यस्ता कार्यक्रममा १०० जना सम्म सहभागीहरुलाई बिना रोकतोक अनुमति दिइनेछ । पुर्ण खोप लगाएका र कोरोना नेगेटिभ रिपोर्ट लिएकाको हकमा भने ५०० जना सम्मलाई यस्तो कार्यक्रममा भाग लिन दिइनेछ ।

स्वास्थ्य मन्त्रालयका कमिसनर जियोङ युन-क्योङले छलफल सत्रमा कोभीड – १९ सम्बन्धि महत्वपूर्ण घोषणा गर्दै भने, हामी अब बिस्तारै सामान्य जनजिबनमा फर्कने छौं त्यसका लागि अझै करिब एक करोड मानिसहरु खोपबाट वञ्चित रहेका छन । हामी छिटो सबैलाइ खोप दिने छौं ।