आजदेखी दक्षिण कोरियामा क्वारेन्टाईन सम्बन्धी नयाँ नियम लागु हुने !

सिओल

आज अर्थात नोभेम्बर १ तारिख देखी दक्षिण कोरियामा क्वारेन्टाइन सम्बन्धी नयाँ नियम लागु हुने भएको छ।

दक्षिण कोरियाको स्वास्थ्य मन्त्रालयबाट परिमार्जित गरिएको क्वारेन्टाईन सम्बन्धी नियम आज बाट देशैभरी लागु हुने भएको हो।

क्वारेन्टाइन बस्नको लागी यस अगाडि १४ दिन बस्नुपर्नेमा अब आज देखि १० दिन मात्रै क्वारेन्टाइन बसे हुने भएको क्वारेन्टाइन ब्यबस्थापन बिभागले क्वारेन्टाइन बसिरहेकाहरुलाई उनिहरुको मोवाईलमा सुचना सर्कुलर गरिरहेका छन ।

सुरुमा पिसिआर परिक्षणमा नेगेटिभ रिपोर्ट आउनुपर्ने र अन्तिम १० दिनमा पिसिआर परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको खण्डमा १० दिन मात्रै क्वारेन्टाइन बसे हुने भएको छ ।

स्मरण रहोस कोरियामा कोरोना भ्याक्सिन खोपको डोज पूरा गरेका तथा कोरियाले मान्यता दिएका जुनसुकै खोपको डोज पूरा गरेकाहरुलाई क्वारेन्टाइन बस्न नपर्ने नियम कायमै रहेको छ ।

दक्षिण कोरियामा फोटोसप सिक्न चाहने हरुलाई खुशीको खवर !

दक्षिण कोरियामा एडव फोटोसप सिक्न चाहनेहरुका लागी खुशीको खबर सार्वजनिक भएको छ।

कोरियाबाशी नेपाली हरु लाई लक्षित गरी एनआरएनए दक्षिण कोरिया द्वारा फोटोसप सिकाउने तालिम सुरु हुने भएको हो।

तालिम एनआरएनए को सदस्यता लिएका व्याक्तीहरुका लागी निशुल्क र सदस्यता नभएका हरुको हकमा सदस्यता दर्ता गर्नको लागी कोरियन वोन २ मान सहित पछी सदस्यता फाराम खुल्ने बेलामा एनआरएनए सदस्य बन्ने सहमति जनाएमा तालिम लिन सकिने एनआरएनए कार्यालय सचिवले जानाकारी दिनुभयो ।

तालिम शनिबार वा आईतबार जुनसुकै दिन हुनसक्ने र प्रत्यक्ष सहभागिता मा तालिम सन्चालन गरिने भएकोले सो समयमा उपस्थित हुनसक्ने हरुले मात्र आवेदन दिन आग्रह गरिएको छ।

तालिममा सहभागी हुन चाहने व्याक्तिसंग ल्यापटप र फोटोसप सफ्टवेयर अनिवार्य हुनुपर्ने जनाईएको छ।

आवेदन दिनको लागी तल उल्लेख गरिएको फोन नम्बरमा आफ्नो नाम,फोन नम्बर,ईमेल आईडी लेखेर फोटोसपको लागी भनेर म्यासेज गर्नेहरुलाई कार्यालयबाट फोन गरिने बताईएको छ।

विस्तृत विबरणका लागी ;
फोन न:०१०-४८४८-४९२३,०७०-४१६०-०३३५