कोरियामा कोरोना भिषामा हुने हरुले जान्नैपर्ने कुरा !

गुरुदत्त न्यौपाने /सिओल

दक्षिण कोरियामा कोरोना भिषामा रहने हरुले आफ्नो बैङ्किङ्ग,फोन लगायत अफिसियल काम गर्नको लागी 외국인등록 사실증명서 अनिवार्य बनाउनु पर्ने हुन्छ।

कोरोना भिषा मा रहँदा आफ्नो कार्डको म्याद गुज्रिने र कार्डमा डेट नथपिने भएकोले तपाईहरुलाई अफिसियल काम गर्न 외국인등록 사실증명서 अनिवार्य बनाउनु पर्दछ।

कोरोना भिषा थप्दा आफ्नो एलिएन कार्डमा भिषा हानेको रेकर्ड नहुने हुँदा हजारौँ साथीहरुले आफ्नो अफिसियल काम गर्न नपाएको गुनासो हाम्रो पेज मा आए पश्चात उहाँहरुलाई जानाकारी दिनको लागी आज यो जानाकारीमुलक कुरा लेखेका छौँ।

दक्षिण कोरियामा सबै अफिसियल काम हरु गर्नको लागी सर्वप्रथम मागिने नै एलियन रजिस्ट्रेसन कार्ड भएको कारणले कोरोना भिषामा रहँदा यसको म्याद गुज्रिसकेको हुँदा अधिकाँश हरुलाई अफिसियल काम गर्न कठिनाई हुने गरेको छ।

यदि तपाईहरु कोरियामा कोरोना भिषामा काम गर्नुभएको छ भने तपाईहरुले कोरियाका हरेक अफिसियल कामहरु गर्नको लागी 외국인등록 사실증명서 बनाउनु पर्ने हुन्छ।

कहाँ बनाउन सकिन्छ छ त?

यदि तपाई कोरोना भिषामा हुनुहुन्छ र तपाईले 외국인등록 사실증명서 बनाउन चाहनुहुन्छ भने नजिकैको 읍.면.동 출입국·외국인청(출장소) 출입국·외국인사무소(출장소) यि जुनसुकै अफिसमा गएर बनाउन सक्नुहुनेछ।साथै अनलाईन आवेदन दिनको लागी http://www.immigration.go.kr/sites/immigration/file/internet.htmlयो लिङ्कमा गएर समेत आवेदन दिन सक्नुहुन्छ।

शुल्क कति लाग्छ त?

यदि तपाई 읍.면.동 출입국·외국인청(출장소) 출입국·외국인사무소(출장소) यि जुनसुकै अफिसमा गएर बनाउनुभयो भने कोरियन वोन २००० लाग्छ भने अनलाईन आवेदन बाट भने निशुल्क रुपमा आवेदन दिन सक्नुहुन्छ।

के के डकुमेन्ट पेश गर्नुपर्छ त?

외국인등록 사실증명서 बनाउन को लागी तपाईसंग भएको एलिएन रजिस्ट्रेसन कार्ड भएमा अनलाईन तथा कार्यालय भिजिट मार्फत सजिलै बनाउन सकिन्छ।