कोरियामा बसभित्र यात्रा गरेकी यूवतीको स्कर्ट भित्रको लेगिन्सको भाग अवै’ध रुपमा खिच्ने यूवक लाई ७ लाख वोन जरि’वाना !

सिओल

दक्षिण कोरियामा बसभित्र यात्रा गर्दै गरेकी एक यूवतीको स्कर्ट भित्रको लेगिन्सको भाग लुकेर अबै’ध रुपमा मोबाईलबाट खिच्ने एक यूवकलाई यहाँको उच्च अदालतले ७ लाख वोन जरिवाना सहित सजा’य तोकेको छ।

दक्षिण कोरियाको सर्वोच्च अदालत बाट फैसला सुनाईएको उक्त निर्णय अनुसार यूवकले अवै’ध रुपमा यूवतिको गोप्य भाग खिचेको आरोपमा सजा’य सुनाईएको हो।

आरोपित यूवकले २०१८ मा बसमा यात्रा गर्ने क्रममा सोही बसमा यात्रा गरेकी यूवतीको खुट्टा तिरको भाग गोप्य रुपमा आफ्नो मोबाईलको माध्यमद्वारा करिव ८ सेकेन्डको भिडियो खिचेका थिय।परिचय गोप्य राखिएका यूवक यूवतीको गोप्य भाग खिचेको अभियोगमा जिल्ला अदालतमा मुद्दा परेको थियो।

जिल्ला अदालतले यूवक लाई दोषी देखाउदै स’जाय सुनाएको मा पुनरावेदन अदालतले जिल्ला अदालतको निर्णय उल्ट्याएको थियो।तत पश्चात यो मुद्दा सर्वोच्चमा पेश गरिएको थियो।

यस घटनाको बिषयमा जिल्ला अदालत र पुनरावेदन अदालतमा मत बिभाजन भएको थियो।यूवतीको गोप्य भाग खिच्ने काम यौ’न अ’पराध को दायरा मा पर्ने नपर्ने भन्ने बिषयमा मतभेद भएको थियो।तर अन्तिममा यस्तो भिडियो अनलाईन पो’र्न साईटमा ईडिट गरी दुरुपयोग हुन सक्ने भन्दै सर्वोच्च मा परेको मुद्दाको फैसला सर्वोच्च ले यूवकलाई दोषी देखाउदै पुनरावेदन अदालतको निर्णय उल्ट्याईदिएको थियो।

वईजम्बु अदालतले हेरेको यो मुद्दा को फैसला सुरुमै ७लाख जरिवाना र २४ घन्टा यस्तै कुराहरुको जानाकारी दिने तालिममा सहभागी हुनुपर्ने फैसला गरेको थियो।

तर पुनरावेदन अदालतले वईजम्बु अदालतको फैसलालाई उल्ट्याउदै उक्त यूवकले महिलाको गो’प्य अंग जुम गरी नखिचेको भन्दै सफाई दिएको थियो।तर गत डिसेम्बर महिनामा सर्वोच्च अदालतले यस्ता कृयाकलाप गर्नेलाई कारवा’ही हुनुपर्ने मत जाहेर गर्दै उक्त यूवकलाइ अवै’ध रुपमा महिलाको गोप्य अंग खिच्नु गैरकानुनी भन्दै ७ लाख कोरियन वोन करिव ५५० अमेरकी डलर जरि’वाना तोक्दै पुनरावेदन अदालतको निर्णय उल्ट्याईदिएको थियो।