कोरियामा अनुहारको प्यारालाईसिस भएर अस्पतालमा उपचारार्थ नेपाली चेलीलाई ‘छुसक महाधमाका ‘ को २ लाख सहयोग !

सिओल

कोरियामा आपतकालिन राहतकोष स्थापनार्थ नेपालीका लागी नेपाली दक्षिण कोरिया द्वारा  गत छुसकमा आयोजना गरिएको “सांगीतिक महाधमाका -२०१९  ” बाट संकलित रकम बाट कोरियामा अनुहारको प्यारालाईसिस भएर अस्पतालमा उपचारार्थ रहेकी एक यूवतीलाई ‘छुसक महाधमाका’ टिमले २ लाख वोन सहयोग गरेको छ ।

छुसक महाधमाका टिमले पिडित सन्जु थापाको बैङ्क खातामा ट्रान्सफर गरेको रकम तथा विल !

रोजगारीको शिलशिलामा ईपिएस मार्फत दक्षिण कोरियामा कार्यरत स्याङ्गजा मा जन्मिएर हाल नवलपरासीको बर्दघाटमा बस्दै आएकी नेपाली चेली सन्जु थापा अनुहारको आधा भाग नचल्ने फेस प्यारालाईसिस भएर कोरियाको अस्पतालमा हाल उपचारार्थ छिन।

थापा विगत केही महिना अघि कोरियामा गाडीको ठक्कर बाट खुट्टामा चोट लागेर खुट्टाको अप्रेसन गरेकी उनको खुट्टाको घाउ सन्चो हुन नपाउदै फेरी एक्कासी अनुहारको एक भाग नचल्ने समस्या फेस प्यारालाईसिस भएर अस्पतालमा भर्ना भएकी छन।

पिडित थापा हाल सउल स्थित गुब्यनदारी साराङ प्लस अस्पतालमा उपचारार्थ रहेकी छन।हाल उनको आर्थिक अवस्था नाजुक भएको र आफ्नो उपचार खर्च बेहोर्न नसक्ने भएको कारण अस्पतालमा उपचार समेत नपाउने अवस्था आएकोले आम कोरियाबाशी नेपालीहरु माझ वुमन फर वुमन दक्षिण कोरियाले सन्जु थापा उपचारार्थ सहयोग अभियान सन्चालन गरेको छ।उक्त अभियान मार्फत ‘छुसक महाधमाका ‘ टिमले पिडितलाई २ लाख वोन सहयोग गरेको हो।

अस्पतालमा उपचार गराउदा आर्थिक संकटमा परेकी उनलाई २ लाख कोरियन वन सहयोग गरिएको संस्थाले जनाएको छ ।

छुसक महाधमाका समिती को छलफल बाट पारित गर्दै कोरियामा उपचारार्थ निजलाई उनकै बैङ्कको खाता नम्बरमा सहयोग स्वरुप २ लाख कोरियन वोन सहयोग गरिएको संस्थाका अभियन्ता सन्तोष रोकाले बताउनुभयो ।

कोरियामा नेपालीलाई आपत बिपत पर्दा सहयोग गर्नको निमित्त राहतकोष स्थापना गर्ने उदेश्यले बिसेष अभियन्ताहरुको पहलमा उक्त संस्थाले २०१९ सालको छुसकमा  साँस्कृतिक कार्यक्रमको आयोजना  गरेको थियो l कार्यक्रम बाट बचेको मुनाफा बाट जे जति हुन्छ आगामी दीनमा पनि अफ्ठेरो परेका नेपालीलाई सहयोग गर्दै जाने संस्थाका संयोजक गुरुदत्त न्यौपानेले बताए ।