कोरियामा जाडो शुरु,सियोलमा आज यो सिजनको पहिलो हिमपात!

गुरुदत्त न्यौपाने/सियोल

सियोलमा बुधबार बिहान यो मौसमको पहिलो हिमपात भएको छ, गत वर्षको तुलनामा करिब एक महिना अघि हिमपात भएको कोरियाली मौसम एजेन्सीले बताएका छन।

सियोलको सडकमा आज विहान हल्का परेको हिउँ,कोरिया टाइम्सबाट

कोरिया मौसम प्रशासन (KMA) ले मध्य सियोलको सङवल दोङ मौसम पर्यवेक्षण स्टेशनमा बिहान ६:१० मा हल्का हिउँ परेको बताएको छ। KMA ले सोङवोल- दोङ मौषम पर्यवेक्षण प्रयोगशालामा देखेको पहिलो हिउँलाई प्रत्येक वर्षको सिजनको पहिलो हिउँको रूपमा रेकर्ड गर्दछ।

यस वर्षको पहिलो हिउँ गत वर्षको तुलनामा ३० दिन अघि सियोलमा परेको छ,गत बर्ष यो डिसेम्बर १० मा परेको थियो र राजधानीको पहिलो हिउँ १९९१-२०२० को औसतभन्दा १० दिन अगाडी परेको केएमए ले बताएको छ।

राजधानी लगायत देशका विभिन्न क्षेत्रमा पनि आज बिहान हल्का हिमपात भएको छ ।

नोभेम्बर १९ बाट कोरियामा नयाँ नियम लागु हुँदै !

गुरुदत्त न्यौपाने /सिओल

दक्षिण कोरियामा नोभेम्बर १९ देखी नयाँ नियम लागु हुने भएको छ।१९ तारिखदेखी कोरियाका सबै रोजगारदाताले तलब सहित तलबको सम्पुर्ण विवरण श्रमिकलाई अनिवार्य दिनुपर्ने नियम लागु हुन थालेको हो।

दक्षिण कोरियाका कतिपय कम्पनीहरुका मालिकहरुले महिनाभरी काम गरेको तलव विवरण श्रमिकलाई नदिई आफुखुशी तलब दिने गरेका थुप्रै उदाहरण हरु छन।तिनै समस्या हरुलाई मध्यनजर गर्दै कोरियामा यो बाध्यात्मक नियम लागु भएको हो।

तलव विवरण नदिई श्रमिकको काम गरेको समय भन्दा कम तलव दिने,आफ्नो तलव कुन कुन शिर्षकमा काटियो थाहा नदिई मनोमानी काटने,आफुखुशी नियम मा नरही आउने भन्दा निकै कम तलव दिने व्यापक गुनासो पछी कोरियाको श्रम मन्त्रालयले यो नियम लागु गरेको हो।

उक्त नियम लागुभएपछी सबै रोजगारदाता हरुले अनिवार्य तलव विवरण श्रमिकलाई दिनुपर्ने छ।अझैसम्म पनि कोरियाका कतिपय कम्पनीमा काम गरेको समय रेकर्ड राख्ने सिस्टम नभएकोले अवदेखी श्रमिकले काम गरेको समय रेकर्ड राखेर हिसाब माग्न पाउने भएको छ।

रोजगारदाताले अवदेखी तलवको सम्पुर्ण विवरण,तलब कटौतिका शिर्षकमा के कति रकम काटियो भन्ने पुरा विवरण खुलाउनुपर्ने छ।

यदि रोजगार दाताले तलव विवरण लिस्ट दिन नमानेमा श्रमिकले उजुरी गर्न सक्नेछन।रोजगार दाताले तलव लिस्ट नदिएको खण्डमा ५० लाख वोन सम्म जरिवाना हुने नियममा उल्लेख छ।

यस संगै लामो समयदेखी तलव विवरण लिस्ट नपाई बसेका श्रमिकहरुमा खुशियाली छाएको छ।