दक्षिण कोरियामा भुकम्पको धक्का !

सिओल

दक्षिण कोरियामा शुक्रबार बिहान भूकम्प गएको छ।त्यहाँको मौसम बिभागले अनुसार शुक्रबार बिहान १ बजेर ३१ मिनेट जाँदा दक्षिणपूर्वी सहर पोहाङमा २.१ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पले कुनै पनि क्षति नभएको राज्यको मौसम विभागले जनाएको छ ।कोरिया मौसम विज्ञान प्रशासनका अनुसार, सोलबाट करिब ३७५ किलोमिटर दक्षिणपूर्व, पोहाङको बुक वार्ड अफिसबाट करिब १२ किलोमिटर उत्तरमा रहेको क्षेत्रमा भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु ८ किलोमिटर गहिराइमा थियो ।२०१७ मा, पोहाङमा ५.४ म्याग्निच्युडको भूकम्प गएको थियो, जसले गर्दा त्यस वर्षको राज्य-शासित कलेज प्रवेश परीक्षा एक हप्ताको लागि स्थगित भएको थियो । प्राकृतिक प्रकोपका कारण सन् १९९३ देखि वार्षिक परीक्षा ढिलो भएको यो पहिलो पटक हो ।

नोभेम्बर १९ बाट कोरियामा नयाँ नियम लागु हुँदै !

दक्षिण कोरियामा नोभेम्बर १९ देखी नयाँ नियम लागु हुने भएको छ।१९ तारिखदेखी कोरियाका सबै रोजगारदाताले तलब सहित तलबको सम्पुर्ण विवरण श्रमिकलाई अनिवार्य दिनुपर्ने नियम लागु हुन थालेको हो।

दक्षिण कोरियाका कतिपय कम्पनीहरुका मालिकहरुले महिनाभरी काम गरेको तलव विवरण श्रमिकलाई नदिई आफुखुशी तलब दिने गरेका थुप्रै उदाहरण हरु छन।तिनै समस्या हरुलाई मध्यनजर गर्दै कोरियामा यो बाध्यात्मक नियम लागु भएको हो।

तलव विवरण नदिई श्रमिकको काम गरेको समय भन्दा कम तलव दिने,आफ्नो तलव कुन कुन शिर्षकमा काटियो थाहा नदिई मनोमानी काटने,आफुखुशी नियम मा नरही आउने भन्दा निकै कम तलव दिने व्यापक गुनासो पछी कोरियाको श्रम मन्त्रालयले यो नियम लागु गरेको हो।

उक्त नियम लागुभएपछी सबै रोजगारदाता हरुले अनिवार्य तलव विवरण श्रमिकलाई दिनुपर्ने छ।अझैसम्म पनि कोरियाका कतिपय कम्पनीमा काम गरेको समय रेकर्ड राख्ने सिस्टम नभएकोले अवदेखी श्रमिकले काम गरेको समय रेकर्ड राखेर हिसाब माग्न पाउने भएको छ।

रोजगारदाताले अवदेखी तलवको सम्पुर्ण विवरण,तलब कटौतिका शिर्षकमा के कति रकम काटियो भन्ने पुरा विवरण खुलाउनुपर्ने छ।

यदि रोजगार दाताले तलव विवरण लिस्ट दिन नमानेमा श्रमिकले उजुरी गर्न सक्नेछन।रोजगार दाताले तलव लिस्ट नदिएको खण्डमा ५० लाख वोन सम्म जरिवाना हुने नियममा उल्लेख छ।

यस संगै लामो समयदेखी तलव विवरण लिस्ट नपाई बसेका श्रमिकहरुमा खुशियाली छाएको छ।