कम्पनीमा लेटर माग्दा !

सन्दिप पराजुली

सुस्त सुस्त पाइला अगाडि बड्दै थिए! हैन !आज चै जे पर्ला पर्ला भन्छु!

साहु नजिकै गएपछि एक्कासि घाटिमा केही अड्केको जस्तो हुन्थ्याै। भन्छु भनेको कुरा साहु देख्ने बितिकै कता हरायो हरायो।मन बाट भन्छु भनेको कुरा जिब्रो सम्म आइपुग्दा अोठ बाट निस्कन सकेन।शरिरले आफ्नो वास्तविक रुप छोडिसकेर अनुहारको रङ बदलि सकेको थियो।

भन्छु भनेको कुरा लाई मस्याैदामा सिमित गर्दै गोजिमा हात हाल्दै फर्केर कोठामा आएर एक्लै मन सगै बोल्नुको शिबाय अरु उपाय पनि थिएन।काम सम्झिदा चक्कर आउछ, किनकि यहाँ बस्नै मन छैन। मन नभएर पनि कहाँ पाइन्छ र काम गर्नै परो।अनुहारको रङ हेरेर कसले बुझ्छ र।मनको पीडा।

फेरि दोस्रो पटक आटै गरेर भन्छु भनेर गए। फेरि कथा उहीँ पूरानै दोहोरियो।कम्पनिको कामले बैरागिएको मनले एक दिन त जसरि तसरि कुरा जिब्रो हुँदै ओठ सम्म आउदै “मलाइ कम्पनि छोड्न मन छ” म अब यहाँ काम गर्दिन भन्ने ध्बनि निस्केरै छाड्याै।

यति सुन्ना साथ ठुलो स्वरमा साहु कराइ हालो। किन छाड्न लागिस ?
? मैले आफ्नो कारण बताए।उसले।एकछिन बुझे जस्रो गर्याे तर कुनै प्रतिक्रिया दिएन। दियोस पनि कसरी? कामदार भन्नि बितिकै कहाँ पाइन्छ र? काम जानि सकेको मान्छेलाइ उसले कसरी पठाउन सक्ला र?गधा जसरि नै दलाउन पाइने बलियो गधालाइ उसले किन पठाउन मान्ला र?

त्यो चर्को आबाज र त्यो साहुको गालिले एकछिन त बेकारै भनेछु जस्तो पनि भयो।नभनेको भए पनि एक न एक दिन त जसरि नि भनिन्थ्याै भ निन्थ्याै।

रात भरि यहि कुराले कोरिया आोछ्यानमा त्यो रात निदाउन सकिएन।
रातभरि ननिदाए पनि आखा हेरेर ” सुतिनस कि के”” आखा रातो छ त ? काम गर्ने नसक्ने भए जा “आराम गर” यो वाक्य को पर्खाइमा भए पनि यो वाक्य साहुको मुख बाट आउने थिएन।

जान्छु भनेपछि हिजो र आजमा साहुले गर्ने ब्यबहारमा निकै परिबर्तन देखिन्थ्याेौ। यसले एउटा राम्रै पाठ सिकायाै” साहुले आफ्नै फाइदा हेर्ने हो , उसलाइ काम नलाग्ने सोचेपछि उसले भोलिपल्ट देखि गर्ने ब्यबहार मा निकै फरक पाइने रहेछ।अपबादमा कोहि कोहि नहोलान्।

यस्ता कम्पनि छोड्ने साथिहरुको कथा धेरैको हृदयबिदारक नै रहेछ। यो समस्या आफुमा आइलागे पछि यस्तै यस्तै कथा बोकेका साथीहरु सगको बहसमा कहालि लाग्दा कथा हरु सुन्न पाइएको थियो।कोरिया आइसकेपछि यो जतिको जिन्दगिको तनाबयुक्त पल कहिले नहुने रहेछ।

आफु पहिलो पटक साच्चै बेचिएको नै हो जस्रो लाग्ने रहेछ।वास्तविक नै बेचिए झै हुने रहेछ।आफ्नाै ब्यक्तिगत सम्पति शरिरनै केही समयको लागि लिलामि मै राखेको जस्तो लाग्ने रहेछ।लाग्ने कुराहरु त कति हुने रहेछन रहेछन। भनेर र लेखेर साध्य छैन।

अझै केहि साथिहरु को समेत कथा लेखेर लम्बाउने हो भने त उपन्यास नै तयार हुने रहेछ।शब्दलाइ र घटनलाइ मिलाएर लेख्ने हो भने त एकान्तमा बसेर” छोरा मान्छे रुदैन ” भन्ने उखानलाइ अपबादमै राख्नु पर्ने रहेछ।