कोरिया बाट नेपाल जाने लाई निशुल्क लगेज उपहार !

सिओल

दक्षिण कोरियाको याङ्छन विदेशी परामर्श केन्द्र याङ्छन ग्लोवल माईग्रेन्ट सेन्टरले स्वदेश फर्कने विदेशी नागरिक लाई लक्षित गरी निशुल्क लगेज उपहार योजना ल्याएको छ।

सउलको याङ्छन गु मोगोकदोङ मा रहेको विदेशी माईग्रेन्ट सेन्टर ले आफु स्वदेश फर्किने टिकट सहित सेन्टर भिजिट गर्ने विदेशीहरु लाई निशुल्क लगेज वितरण गर्न थालिएको हो।

निशुल्क लगेज उपहार स्वरुप लिन को लागी आफु स्वदेश फर्किने टिकट लिएर माईग्रेन्ट सेन्टरमा स्वयम उपस्थित हुनुपर्ने सेन्टरको सुचनामा उल्लेख छ।

सेन्टरले बिभिन्न समयमा विदेशी श्रमिक हरुलाई निशुल्क तालिम,भाषा तयारी कक्षा सन्चालन गर्दै आईरहेको छ।

सेन्टरको ठेगाना :양천구 목동동로 12길 59
फेशबुक पेज :

https://www.facebook.com/yangcheonglobal/

पुरा विवरण हेर्न तलको लिङ्क क्लिक गर्नुहोस।
https://www.facebook.com/213110832040890/posts/5108305755854682/?d=n