दक्षिण कोरियामा देखियो उच्च सङ्क्रामक बर्डफ्लू, २४,००० हाँस मा’रिय !

गुरुदत्त न्यौपाने /सिओल

दक्षिण कोरियाको कृषी मन्त्रालयका अनुसार शनिवार कोरियाको दक्षिण पश्चिम क्षेत्रमा रहेको एक स्थानिय हाँस फार्ममा उच्च सङ्क्रामक एभियन ईन्फ्लुएन्जा (बर्ड फ्लू) को भाईरस देखा परेको जनाएको छ।

सिओलबाट करिव ४०० किलोमिटर दक्षिणमा पर्ने खाङ्जिनमा रहेको पोल्ट्री फार्मको नियमित निरिक्षणको क्रममा H5N1 को उच्च सङ्क्रामक प्याथोजेनिक स्ट्रेन भाईरस फेला परेको खाध तथा ग्रामिण मामिला मन्त्रालयले जनाएको छ।

निरिक्षण अधिकारीहरुले उक्त भाईरस फेला परेसंगै नियन्त्रण तथा रोकथाम को कदम स्वरुप फर्ममा पालिएका करिव २०,००० हाँसहरु मा’रिएका छन।साथै फार्मलाई पुर्ण रुपमा तालाबन्दी गरी त्यससंग सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाईनमा राखिएको बताएका छन।

घरेलु कुखुरा तथा हाँसहरुमा धेरै सङ्क्रामक देखिने एभियन ईन्फ्लुएन्जा विशेषगरी पंक्षीहरुमा देखिने सङ्क्रामक भाईरस हो।जसले गम्भिर रोग र मृ’त्यु निम्त्याउन सक्छ।

चिनियाँ र रुसी सैन्य विमान विना सुचना कोरिया प्रवेश गरेपछी !

शुक्रबार दक्षिण कोरियाली एयर डिफेन्स आईडेन्टिफिकेशन जोन ( KADIZ) क्षेत्रमा विना सुचना २ चिनियाँ र सात रुसी सैन्य विमान प्रवेश गरेपछी कोरियाली वायुसेनाका लडाकु हरुलाई त्यस क्षेत्रमा हाई अलर्ट पारिएको छ।

शुक्रबार विहान ११ बजे र दिउसो ४:३८ बजे दक्षिण कोरियाको सुदुर पुर्वी टापु दोक्दो को उत्तर पुर्वी दिशाको कोरियाली एयर डिफेन्स आईडेन्टिफिकेशन जोन मा विना सुचना प्रवेश गरेपछी उच्च शतर्कता अपनाईएको थियो।उनिहरु मध्ये कुनैपनि देशको क्षेत्रिय वायु क्षेत्रको उल्लङ्घन नगरेको संयुक्त सेना प्रमुख ( JCS ) ले जानाकारी दिएको छ।

कोरियाली एयर डिफेन्स आईडेन्टिफिकेशन जोन मा ति सैन्य विमान करिव १० मिनेट उडान भरेका थिय।जेसियस ले आकस्मिक सैन्य तयारी स्वरुप कोरियाली सेनाको F-15,F-16 लडाकु विमान र KC-330 ट्याक्कर प्लेन आफ्नो सैन्य रणनिती स्वरुप तैनाथ अवस्थामा राखेको थियो।

ट्याङ्कर प्लेन परिचालन गरेको कोरियामा यो पहिलो घटना हो।चिनियाँ अधिकारी हरुले दक्षिण कोरियाली सेनालाई आफुहरुले नियमित अभ्यास गरेको सन्चार हटलाईन मार्फत जानाकारी दिएका छन।

दक्षिण कोरियाली अधिकारीहरुले दोक्दो टापुको कोरियाली एयर डिफेन्स आईडेन्टिफिकेशन जोन मा रुसी तथा चिनियाँ संयुक्त सैन्य अभ्यास भएकोले यसको थप अनुसन्धान र विश्लेषण गर्नुपर्ने बताएका छन।

दोक्दो टापु लामो समय देखी कोरिया र जापानको विवादित क्षेत्र भएकोले सोही ठाउँमा विना जानाकारी चिनियाँ र रुसी सैन्य विमानहरु प्रवेश गर्नु थप रहस्यमय भएको कोरियाली अधिकारीहरुले बताएका छन।