मंसिर २७ गते काेरिया उड्ने १ सय जना कामदारको नामावली सार्वजनिक ! [नामावली सहित]

सिओल

ईपीएस शाखा ग्वार्कोले एचआरडी कोरियाले १३ डिसेम्बर २०२१ का लागि पठाएको उडान तालिका सार्वजनिक गरेको छ । १३ डिसेम्बर अर्थात् मंसिर २७ गते १०० जना कामदार कोरया रोजगारीका लागि प्रस्थान गर्नेछन् ।

१ सय मध्य ६० जना उत्पादनमूलक क्षेत्रका र बाँकी ४० जना कृषि क्षेत्रका कामदार रहेका छन् । ईपीएस शाखा ग्वार्कोले पहिलो प्राथमिकताको आधारमा उडान सूचीमा समावेश हुने भएकाले सि.सि.भि.आई भर्न बाँकी कामदारलाई तत्काल भर्न आग्रह गरेको छ ।

ईपीएस शाखाले यथाशीघ्र आवश्यक कागजात सहित कार्यालयमा उपस्थित भई सि.सि.भि.आई भरी तयारी अवस्थामा रहन समेत सूचना मार्फत आग्रह गरेको छ । समयमै आवश्यक कागजात पूरा नगरी उडान प्रभावित भएमा कामदार स्वयंम जिम्मेवार हुने समेत शाखाले जानकारी गराएको छ ।

https://www.facebook.com/657992574323980/posts/4403222069800993/