दक्षिण कोरियामा समुन्द्रमाथी तैरिने शहर निर्माण हुने !

गुरुदत्त न्यौपाने /सिओल

हावाहुरी तथा बाढी प्रतिरोधात्मक साथै आत्मनिर्भर विश्वकै पहिलो ‘तैरने’ सहर दक्षिण कोरियाको बुसानको सामुन्द्रिक तटिय क्षेत्रमा निर्माण हुने भएको छ।

विजनेस ईन्साईडरको रिपोर्ट अनुसार विश्वमा बढदो सामुन्द्रिक जलस्तर का कारण तटिय क्षेत्रमा बसोबास जोखिम बढेकाले संयुक्त रास्ट्रसंघ समर्थित परियोजना ले उक्त जोखिम कम गर्न यस्तो उपाए स्वरुप समुन्द्र माथी तैरिने बाढी तथा हावा हुरी प्रतिरोधक शहर निर्माण गर्न लागिएको उल्लेख छ।

सन २०२५ सम्ममा सम्पन्न गरिने उक्त महत्वकाँक्षी परियोजना पानीमा पुर्ण रुपमा तैरिने हेक्जागोनल (षटकोण) प्लेटफर्ममा तयार गरिने छ।उक्त शहर कङ्क्रिट भन्दा ३ गुणा कडा चुन ढुङ्गाको कोटिङ प्रयोग गरी बनाईने छ।

चुनढुङ्गाको कोटिङ प्रयोग गरी बनाईने हरेक बिल्डिङ पानीमा तैरने छन।

करिब १० हजार मानिस बसोबास गर्न सकिने उक्त परियोजना बनाउनुको उद्देश्य तटिय क्षेत्रमा रहेका मानिसहरुलाई बाढी तथा हुरिकेन बाट बचाउनु हो।

उक्त शहर भित्र का हरेक प्लेटफर्मले आफ्नै खाना,उर्जा र पिउने ताजा पानीको उत्पादन गर्ने परियोजना का डिजाईनर ओशनिक्सले बताएका छन।

शहर भित्रै खेतिपाती,उर्जा तथा स्वच्छ पानीको उत्पादन हुनेछ।

उक्त परियोजनाको अनुमानित लागत २०० मिलियन अमेरिकी डलर रहेको छ जुन सयुक्त रास्ट्रसंघिय मानव बसोबास कार्यक्रम अन्तर्गतको सहयोग मार्फत तयार गरिने उल्लेख छ।