दक्षिण कोरियामा देखियो उच्च सङ्क्रामक बर्डफ्लू !

गुरुदत्त न्यौपाने /सिओल

दक्षिण कोरियाको कृषी मन्त्रालयका अनुसार शनिवार कोरियाको छुङ्छङनाम्दो छनान क्षेत्रमा रहेको एक स्थानिय अन्डा उत्पादन गर्ने फार्ममा उच्च सङ्क्रामक एभियन ईन्फ्लुएन्जा (बर्ड फ्लू) को भाईरस देखा परेको जनाएको छ।

सिओलबाट करिव ९२ किलोमिटर दक्षिणको छनानमा रहेको पोल्ट्री फार्मको नियमित निरिक्षणको क्रममा H5N1 को उच्च सङ्क्रामक प्याथोजेनिक स्ट्रेन भाईरस फेला परेको खाध तथा ग्रामिण मामिला मन्त्रालयले जनाएको छ।

निरिक्षण अधिकारीहरुले उक्त भाईरस फेला परेसंगै नियन्त्रण तथा रोकथाम को कदम स्वरुप फार्ममा भाररस परिक्षण जारी रहेको छ।साथै फार्मको सम्पर्कमा आएका व्याक्तीहरुको कन्ट्याक ट्रेसिङ्ग समेत थालिएको छ।

घरेलु कुखुरा तथा हाँसहरुमा धेरै सङ्क्रामक देखिने एभियन ईन्फ्लुएन्जा विशेषगरी पंक्षीहरुमा देखिने सङ्क्रामक भाईरस हो।जसले गम्भिर रोग र मृ’त्यु निम्त्याउन सक्छ।

आगामी हप्ता देखी लागु गर्नेगरी कोरियाले गर्यो यस्ता निर्णयहरु !

दक्षिण कोरियाले गत महिना देखी सुरु गरेको ‘कोभिड संगै बाँचौँ’योजना लाई उल्ट्याउदै आउदो हप्तादेखी सामाजिक दुरीको नियमलाई थप कडाई गर्ने भएको छ।

आउदो हप्ता देखी लागु गर्नेगरी राजधानी सिओलमा ६ जना र राजधानी बाहिर ८ जना भन्दा भेला हुन नपाईने नियम लागु हुने भएको कोरियाली प्रधानमन्त्री किम बु क्युम ले केन्द्रिय प्रकोप तथा सुरक्षा मुख्यालयको एक मिटिङ्मा घोषणा गरेका छन।

दक्षिण अफ्रिकी मुलुकबाट तिव्र गतिमा फैलिएको कोभिड १९ भेरियन्ट ओमिक्रोन फैलने डरका कारण दक्षिण कोरिया सरकारले सामाजिक दुरीको नियमलाई थप कडाई गर्ने भएको हो।

यसअघि राजधानी मा १० जना र बाहिर १२ जना भेला हुन पाउने निर्णयलाई खुम्च्याउदै क्रमश ६ जना र ८ जना मा सिमित गर्न लागेको हो।

आउदो हप्ता देखी सार्वजनिक सेवा,रेस्टुरेन्ट तथा क्याफे,नोरेबाङ,साउना,जिम हाउस,बार,नाईटक्लब,हर्स रेसिङ,ट्र्याक साईक्लिङ कोर्स र क्यासिनो हरुमा प्रवेश गर्नको लागी भ्याक्सिन पुरा गरेको प्रमाण अथवा पिसिआर नेगेटिभ प्रमाण अनिवार्य गर्ने भएको छ।

दक्षिण कोरियाले शुक्रबार देखी यो बर्षको अन्त्य सम्मको ४ हप्ताको समयलाई भाईरस परिक्षण को महत्वपुर्ण समय भनेको छ।

दक्षिण कोरियामा कोरोना सुरु भएयताकै उच्च सङ्क्रमण हरु फेला परेका छन।साथै गम्भिर बिरामीहरुको सङ्ख्या दैनिक सर्वाधिक बढदै गएपछी अस्पतालमा आईसियु बेडको अभाव हुन थालेको छ।

कोरियामा दक्षिण अफ्रिकी भेरियन्ट बिहिबार सम्म ६ जना मा पुस्टी भएसंगै यसको फैलावट हुन नदिन कोरिया सरकारले अवको ४ हप्तासम्म सामाजिक दुरीको नियमलाई थप कडाईका साथ लागु गर्ने भएको हो।कोरियाली प्रधानमन्त्रीले सकेसम्म अबको ४ हप्ता घरबाटै काम गर्न आग्रह गरेका छन।