कोरियाको तापक्रम मा भारी गिरावट,मौषम विभाग द्वारा कोल्ड वेभ एलर्ट जारी !

गुरुदत्त न्यौपाने /सिओल

दक्षिण कोरियाको तापक्रममा भारी गिरावट आएको छ।कोरिया मेट्रोलोजिकल एडमिनिस्ट्रेसन का अनुसार आज देखी यो हप्ता भरी कोरियाको तापक्रम माईनस ९ डिग्री सेल्सियस देखी माईनस १५ डिग्री सेल्सीयस पुग्ने अनुमान गरिएको छ जहाँसम्म कि आज शुक्रबारको तापक्रम माईनस ४ डिग्री सेल्सियस मापन गरिएको छ।

भोली सनिबार सिओलको तापक्रम १५ डिग्री सेल्सियसमा झर्ने अनुमान गरिएको छ भने देशैभरीका विभिन्न ठाउँहरुमा तापक्रम घटने अनुमान छ।

केएमए ले एकैपटक ह्वात्तै तापमान मा भारी गिरावट आउने भएपछी सिओल लगायत देशका विभिन्न भागहरुमा कोल्ड वेभ एलर्ट जारी गर्ने भएको छ।दक्षिण कोरियामा सामान्य तापक्रम बाट ह्वात्तै तापमान घट्यो वा एकैदिनमा – ३ डिग्री सेल्सिएस घटेमा कोल्ड वेभ जारी गर्न सकिने प्रावधान रहेको केएमए ले उल्लेख गरेको छ।

कोरियाको उत्तरी ध्रुवको आर्कटिक क्षेत्रबाट चिसो उच्च चाप सहितको वायु दक्षिण कोरियातर्फ प्रवेश गर्दै गरेका कारण यहाँको तापक्रममा भारी गिरावट आउने अनुमान गरिएको छ।

केएमए का अनुसार देशका विभिन्न भागमा हिँउ पर्न सक्ने साथै सिओलमा शनिवार हिमपात हुनसक्ने अनुमान छ।

कोरियाको दक्षिण पश्चिम क्षेत्र छल्लानाम्दो,छल्लावोक्दो,जेजु आईल्यान्ड,उल्यङ्ग टापुमा ५ देखी १५ सेन्टिमिटर सम्म हिमपात हुन सक्ने बताईएको छ भने छुङ्छन प्रान्त तथा ख्यङ्गिदो क्षेत्रमा १ देखी ५ सेन्टिमिटर हिमपात हुन सक्ने मौषम पुर्वानुमान महाशाखा ले बताएको छ।