अन्तत कोरिया सरकारले थप्यो भिषा सकिन लागेका श्रमिकको १ बर्ष भिषा !

सिओल

दक्षिण कोरियामा काम गरिरहेका र भिसा अवधि सकिन लागेका ईपिएस कामदारहरुको भिसा पुनः एक बर्ष थप हुने भएको छ।

२०२२ को जनवरी १ तारिखदेखि अप्रिल १२ तारिखसम्म मा ३ बर्ष अथवा ४ बर्ष १० महिनाको भिसा अवधि समाप्त हुने इपिएस कामदारहरुका लागि पुनः एक बर्ष भिसा थप्ने निर्णय भएको कोरियाली श्रम मन्त्रालयले मंगलबार आधिकारिक रूपमा जानकारी दिएको हो ।

तर अब थप हुनेमा यस भन्दा अघि १ बर्ष थप भिसा पाएकाहरु भने समावेश हुने छैनन। यसअघि पनि दक्षिण कोरियाले कामदार अभावको समस्या समाधान गर्न भन्दै भिसा अबधि सकिन लागेका इपिएस कामदारहरुको भिसा अवधि १ बर्ष थपेको थियो।

कम्पनि परिवर्तन गरि कामको खोजीमा भएको व्यक्तिलाई ३ महिना मात्र भिसा दिइनेछ भने पछि नयाँ कम्पनिमा प्रवेश गरेपछि बाकी ९ महिनाको भिसा थप गरिनेछ ।

उक्त एकबर्षको भिसा अवधि थप हुने निर्णय भएसँगै दक्षिण कोरियामा रहेका लाखौ बिदेशी श्रमिकहरुमा खुसियाली छाएको छ ।

भोलीदेखि Hikorea बाट थप गरिएको भिसा हेर्न सकिनेछ ।