सिओल
दक्षिण कोरियाको राजधानी सउलको एक बाल खेलकुद केन्द्रका मालिकले आफ्नो एककर्मचारीको गुदद्वा’र मा ७० सेन्टिमिटर प्लास्टिकको रड छिराएर ह’त्या गरेको आरोपमा पक्राउ गरेको छ। उक्त आरोपिलाई प्रहरीले पक्रा’उ गरिसकेको सउल प्रहरीलाई उद्रित गर्दै कोरियाली संचारमाध्यमहरुले जनाएका छन।
४१ वर्षीय आरोपित व्याक्तिको पहिचान गोप्य राखिएको छ। डिसेम्बर ३१ तारीखका दिन उत्तरपश्चिमी सउलबाट कर्मचारीको ह’त्या गरेको आरोपमा आइतवार पक्राउ गरिएको थियो। सिदेमुन पुलिस स्टेशनले आरोपितलाई थप अनुसन्धानको लागि पठाएको छ।
मृ’त्यु भएका व्यक्तिको मलद्वारको अंग भाँचिएर मृ’त्यु भएको प्रहरीले जनाएको छ ।अन्वेषकहरूले आरोपितले पीडितको अस्पष्ट व्यवहारबाट चिढिएर ह’त्या गरेको बताएका छन।उनको फोनको डिजिटल फोरेन्सिक विश्लेषणको आधारमा, प्रहरीले निष्कर्ष निकाल्यो कि आरोपितमा विकृत यौ’न प्रवृत्ति भने देखिएन।
घटना भएको दिन आरोपित र मृ’तकले सँगै ६ सय ४० मिलिलिटर सोजुको बोतल पिएका थिए । प्रहरीका अनुसार आरोपित व्यक्तिले पीडितलाई कुटपि’ट गर्न लाठी प्रयोग गरेको पनि अनुमान गरिएको छ।
शुक्रबार, आरोपितले बारम्बार “मलाई माफ गर्नुहोस्” भने किनभने उसलाई थप अनुसन्धानका लागी मुद्दा दर्ता गरिएको थियो।
आरोपितको अनुहार खुलासा गर्न आह्वान गर्न राष्ट्रपतिको छङ्ह्वादे वेबसाइटमा पोस्ट गरिएको छ र शुक्रबार बिहानसम्म करिब ४३,००० व्यक्तिले हस्ताक्षर गरेका छन्।