चर्चित दक्षिण कोरियाली अभिनेत्री किम मि सूको निध’न

सिओल

चर्चित दक्षिण कोरियाली अभिनेत्री किम मि सूको निधन भएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् । ३० वर्षीय किम मि सूको नि’धनको कारण भने अहिलेसम्म थाहा नभएको कोरियाली ट्याब्लोइड ओसेनले लेखेको छ।

स्नोड्रप नामक सिरिजबाट चर्चा कमाएकी किम मि सूको निधनको पुष्टि उनले काम गरिरहेको एजेन्सी ल्यान्डस्केप इन्टरटेनमेन्टले गरेको हो। कम्पनीले विज्ञप्ति जारी गरी उनको नि’धनबारे जानकारी दिएको हो।

किम मि सू मोडल समेत थिइन्। उनले सन् २०१८ मा लिपस्टिक रिभोलुसन सिरिजबाट अभिनय थालेकी थिइन्। यसमा सहायक भूमिका मात्र खेले पनि उनको अभिनयको निकै चर्चा भएको थियो।

यसपछि उनी सन् २०२० मा ‘हाइ, बाइ मामाु सिरिजमा देखा परिन्। यसमा उनी प्रमुख पात्रकी बिहिनीका रूपमा देखा परेकी थिइन्। यसबीच पनि उनले केही कार्यक्रममा काम गरिन्। उनलाई सबभन्दा धेरै चर्चा भने हालसालैको स्नोड्रप कार्यक्रमले नै दिएको थियो।

किमको एजेन्सीले भनेको छ, ‘अभिनेत्री किम मी सूको जनवरी ५ मा नि’धन भएको छ । एक्कासी दुखद खबरले परिवार स्त’ब्ध भएको छ। ‘हाय बाय मामा’, ‘द स्कुल नर्स फाइल्स’ र ‘युमिज सेल प्रोजेक्ट्स’ मा अभिनय गरेकी किमलाई अभिनयकी रानी भनेर पनि चिनिन्छ। यती बेला यत्रतत्र सामाजिक सञ्जालमा उनको नि’धन खबर छाएको छ।

एजेन्सीले अभिनेत्रीको त्युको बारेमा अफ’वाह फै’लाउनबाट जोगिन पनि मानिसहरूलाई आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, हामीले यस दु’खको घडीमा शो’कसन्तप्त परिवारले मि सूलाई सम्झन सकून् भनेर अफवा’ह वा अड्कलबाजी नगर्न अनुरोध गर्दछौं। एजेन्सीले किमको अन्तिम सं’स्कार उनको परिवारको इच्छा अनुसार शान्तिपूर्ण रुपमा गरिने जनाएको छ। -एजेन्सी