कोरियाले लुटेको सपना ! औद्योगिक दुर्घ’ टना ज्या’न गुमाउँदै नेपाली कामदार

सोल, दक्षिण कोरिया

नुवाकोटका अर्जुन तामाङ कोरिया उड्नुअघि अनेक सपना बुन्दै थिए । सहरमा घर, सुखी परिवार । आफन्त साथीभाइबीच राम्रो आर्थिक हैसियत । त्यसबेला उनको तरकारी पसल थियो । तर राम्रो लगानी थप्न नसकेर पसल चलेन । उनी डान्स पनि गर्थे । साथीभाइ मिलेर खोलेको डान्स सेन्टर थियो । केही म्युजिक भिडियोमा अभिनय पनि गरेका थिए ।

उनलाई लागेको थियो, कोरियाको कमाइले कला क्षेत्रमा अगाडि बढ्न थप प्रोत्साहन हुनेछ । कोरियामा किम्ची (बन्दाको अचार) र काग्थुगी (मुलाको अचार) बनाउने कम्पनी रहेछ । ठूलो ट्रकबाट बन्दाकोपी र मुला अनलोड गरेर सफा गर्नु उनको दैनिकी थियो । काम गाह्रो थियो । ओभरटाइम पनि नहुने । नराम्रो कम्पनी परेपछि राम्रो पैसा कमाउने कुरै भएन । उनीसँगै पुगेका दुई नेपाली कोरिया आएको एक हप्तामै अर्को कम्पनीमा सरे । उनी चाहिँ एक्लिए ।

कोरियाली भाषामा उनी पोख्त थिएनन् । भाषा नजानेपछि काम झन् गाह्रो । एक महिना त्यही कम्पनीमा जसोतसो कटाए । दोस्रो महिना सकिनै लाग्दा ठूलो दुर्घ’टनामा परे ।‘मैले गएर मेसिन सुरु गर्नु पर्ने थियो । यसो भित्र हेरेको बन्दाकोपी रहेछ । त्यही तान्न खोज्दा मेसिन चलेछ । कसरी चल्यो अहिले पनि थाहा छैन । एक्कासी हात मेसिन भित्र तानियो । दिउँसो साढे ३ बजेको ब्रेकपछिको घटना थियो त्यो । हातपछि ज्यान नै तानियो,’ अर्जुनले त्यो अँध्यारो क्षण सम्झने प्रयास गरे, ‘भाग्य भन्ने हुँदो होला, र त म दाहिने हात र दुवै खुट्टा कर्‍याक कुरुक भएर भाँचिदा पनि ज्या’न र टाउकोमा केही भएनछ ।’

मेसिनबाट शरीर निकाल्न झन्डै दुई घन्टा लागेको सम्झन्छन् उनी । ‘कोरियालीलाई हामी जस्तो मेसिन भत्काएर निकाल्ने भन्ने सुरै नहुने रहेछ । अनेक प्रयास गर्दा पनि बाहिर निकाल्न सकेनन् । म होसमै थिएँ । चिच्याएको चिच्यायै । टुटेफुटेको कोरियाली भाषामा मैले नै मेसिन काटेर निकाल भनेपछि उनीहरूले त्यसै गरे,’ उनले भने ।

अर्जुनलाई मेसिनबाट निकाल्दासम्म पनि अब त बाहिर हिँड्न सक्छु भन्ने लागेको रहेछ। हात चलाउन सक्ने र ठीक भैहाल्ने उनलाई लागेको थियो रे । तर त्यस्तो भएन । ‘म बेहो’स् हुनु पर्ने । त्यत्रो पीडामा पनि होसको होसमै थिएँ । एउटा खुट्टाको पछिल्लो भाग अगाडि आएको देखेँ । एउटा खुट्टाको पिँडुलाको मासु कम्पनीको लुगासँगै घुँडा छेउमा पोको परेको थियो । एम्बुलेन्समा राख्नै लाग्दा बल लगाएर हात खुट्टा चलाउन खोजेँ के चल्थ्यो !’

झन्डै तीन वर्ष उनको उपचार चल्यो । उपचारकै क्रममा एउटा खुट्टा घुँडा मुनिबाट काट्नु पर्‍यो । कोरियाली कम्पनीको कार्यस्थलमा दुर्घ’टनाबाट दैनिक ७/८ जनाले ज्या’न गुमाउँछन् भने अंगभंग हुने कामदारको संख्या ठूलो छ ।

यस्तो छ तथ्यांक :

कोरियाली श्रम तथा रोजगार मन्त्रालयको वेभसाइटमा उल्लेख भए अनुसार औद्योगिक दुर्घटनामा परी सयौंको संख्यामा विदेशी कामदारको मृ’त्यु भएको छ । सन् २०१३ मा ९१ हजार ८ सय २४ जना दु’र्घटनामा परेका थिए भने २०१९ मा १ लाख ९ हजार २ सय ४२ जना विभिन्न किसिमका औद्योगिक दुर्घट’नामा परेका थिए । यस्ता दुर्घ’टनाबाट ज्या’न गुमाउनेको संख्या सन् २०१३ मा १९ सय २९ जना थियो भने २०१९ मा २ हजार २० जनाले ज्या’न गुमाए ।

मन्त्रालयको तथ्यांकलाई आधार मान्दा सन् २०१६ मा औद्योगिक दुर्घट’नाबाट मृ’त्यु हुनेको संख्या सबैभन्दा कम १ हजार ७ सय ७७ जना छन् भने २०१७ मा कम दु’र्घटना भएका थिए। त्यस वर्ष ८९ हजार ८ सय ८४ जना दुर्घट’नामा परेका थिए ।

प्रवासी मजदुर युनियन (एमटियू)को एक अध्ययनमा ७ प्रतिशत विदेशी मजदुर औद्योगिक दु’र्घटना परेको देखाइएको छ । तर धेरैजसो कम्पनीले दुर्घ’टना लुकाउने भएकोले यो संख्या अझ धेरै हुन सक्ने देखिन्छ । एमटियूले राखेको तथ्यांकमा सन् २०१३ देखि २०१८ सम्म ३८ हजार ४ सय ४८ जना विदेशी कामदार औद्योगिक दु’र्घटनामा परेको उल्लेख छ । यस्तै ६ सय ७ जना कामदारले ज्या’न गुमाएका छन् ।

सन् २०१९ मा ७ हजार ६ सय १४ जना औद्योगिक दु’र्घटनामा परेको देखिन्छ भने १ सय ३८ जना कामदारले कार्यस्थलमा भएको दु’र्घटनाबाट ज्या’न गुमाएका छन् । त्यस्तै सन् २०२० मा औद्योगिक दुर्घ’टनामा परी मृ’त्यु हुने विदेशी मजदुरको संख्या १ सय १२ जना रहेको छ भने ७ हजार ६६६ जना घा’इते भएका छन् ।

गत अगस्टमा कोरियाली सांसद खाङ उन मीले संसदमा बोल्दै सन् २०२० को जनवरीदेखि २०२१ को जुनसम्म १ हजार १ सय १३ जनाको औद्योगिक दुर्घट’नामा ज्यान गएको जानकारी दिएकी थिइन् । त्यसमध्ये १ सय ३५ जना विदेशी रहेको बताएकी थिइन् ।

कोरियाली लगानीकर्ताको सोच अहिले पनि सन् १९७०/८० को जस्तै भएकाले कार्यस्थल सुरक्षित हुन नसकेको उनको भनाइ थियो । विभिन्न समयमा गरिएका अध्ययनले विदेशी कामदारको दुर्घट’ ना हुने सम्भावना कोरियाली कामदारको तुलनामा तीन गुणा बढी भएको पनि उनले बताएकी थिइन् । ‘विदेशी कामदारको माग भनेको गाह्रो, खतरना’क र खराब कामको लागि मात्रै कोरिया जान्छन् भन्ने छ । त्यस्ता कुराले हाम्रो देशको छवि राम्रो गर्दैन । त्यसैले हामीले सुरक्षित कार्यस्थल बनाउन तुरुन्तै काम गर्नु पर्ने छ ।’

एमटियूका महासचिव मधुसुदन ओझाका अनुसार कोरियाली सरकारले नै राम्ररी नियम ल्याउन नसक्दा कार्यस्थल सुरक्षित हुन सकेका छैनन् । ओझा भन्छन्, ‘कम्पनीमा सुरक्षाका आधारभुत सीप र उपकरण हुँदैनन् । कसरी जोगिन्छ त कामदारको जीवन ? पहिले काम जसरी पनि गर्नु पर्छ भन्ने थियो । अहिले त देश विकसित भइसक्यो । अझै पनि कार्यस्थल भने सुरक्षित छैनन् । यसमा पनि विदेशी कामदारको हालत झन् खराब छ । यो परिवर्तन हुनु पर्छ ।’

विकसित देशमा कोरिया सबैभन्दा बढी औद्योगिक दु’र्घटना हुने देशमा पर्छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले सन् २०१५ मा गरेको विकसित देशहरूको अनुसन्धानले कोरियामा प्रत्येक दस हजारमा ०.५३ जनाको दुर्घट’नाले ज्यान गएको देखाएको छ । विकसित देशको तुलनामा सोही समयमा बेलायतमा ०.०८ र स्विडेनमा ०.०७, नेदरल्यान्डमा ०.०५ जनाको मात्रै दु’र्घटनाबाट ज्यान गुमाएका छन् ।

सोलस्थित नेपाली राजदूतावासका अनुसार सन् २००७ मा रोजगार अनुमति प्रणाली (ईपिएस) सुरु भएदेखि हालसम्म दक्षिण कोरियामा २ सय १४ जना नेपालीले ज्यान गुमाएका छन् । सन् २००७ मा एक जना नेपालीको ज्यान गएको थियो भने त्यसपछिका वर्षमा औद्योगिक दुर्घटनामा ज्यान नगुमएको कुनै वर्ष छैन । सबैभन्दा बढी सन् २०१८ मा ११ जना नेपालीको मृत्यु भएको छ ।

पछिल्लो पाँच वर्षको तथ्यांक अनुसार सन् २०१८ मा २८ जना नेपालीले ज्यान गुमाएकोमा ११ जना औद्योगिक दुर्घटनाबाट मृत्यु भएको थियो । सन् २०१९ मा १८ जनाको मृत्यु भएकोमा २ वटा औधोगिक दुर्घटना, २०२० मा १९ वटा मृत्यु भएकामध्ये ४ जना औधोगिक दुर्घटनाबाट र २०२१ मा १२ जनाको मृत्युमध्ये २ जनाको औद्योगिक दुर्घटनाबाट ज्यान गएको थियो ।

‘नेपाली कामदारहरू भाषाको कारणले पनि दुर्घटनामा पर्ने गरेका छन् । विदेशी हो काम जसरी पनि गराउनु पर्छ भन्ने कोरियाली मालिकहरूको कारणले पनि दुर्घटना भएका छन्,’ दूतावासकी श्रम काउन्सलर रमा भट्टराईले भनिन् । यस्ता दुर्घटना कम गर्न दूतावासले विभिन्न कार्यक्रम गरेको पनि उनले बताइन् । ‘अहिले पनि हामी नौ हप्तासम्म औद्योगिक दुर्घटना कम गर्न कामदारले गर्न सक्ने सुरक्षा सम्बन्धी अभिमुखीकरण तालिम सञ्चालन गरिरहेका छौँ ।’

तर कम्पनीमा काम गर्दा अंगभंग भएका नेपाली कति छन् कुनै आधिकारिक तथ्यांक छैन । श्रम काउन्सलर भट्टराई मासिक ५/६ जनासम्म औद्योगिक दुर्घटनामा पर्ने अनुमान गर्छिन् । ‘हामीलाई कतैबाट पनि आधिकारिक जानकारी आउँदैन । दुर्घटनामा परेका कामदारले पनि आपतै पर्‍यो भने मात्रै खबर गर्छन् नत्र गर्दैनन् ।’

गत वर्षको जुलाईमा सिन्धुलीका ईन्द्र श्रेष्ठको कम्पनीमा काम गर्दा दाहिने हातको औंला काटियो । उनले दूतावासमा खबर गरे । कम्पनीसँग क्षतिपुर्ति मागको लागि पहल गरिदिन भने । झन्डै तीन महिना अस्पताल बस्दा पनि दूतावासबाट कुनै खबर नआएपछि उनले वकिल लगाएर कम्पनीसँग क्षतिपुर्ति लिएका थिए ।

एसियाको चौथो ठूलो अर्थतन्त्र भएको देशमा कार्यस्थल दुर्घटना परेपछि कामदारले विभेद पनि भोग्नु पर्ने नेपाली कामदारहरूको अनुभव छ। ताप्लेजुङकी माया पोमु लिम्बू पनि काम गर्दा गर्दै दुर्घटनामा परिन् । चलिरहेको मेसिनको फितामा हात पर्‍यो । एउटा औंला काटियो । तीन महिना अस्पताल बसिन् । अहिले फेरि सोही कम्पनीमा काम सुरु गरेकी छन् । ‘बेला बेलामा अस्पताल जानु पर्छ । त्यो बेलाको पैसा त दिँदैन नै तलब पनि विभिन्न शिर्षक राखेर सक्ने जति काटेर दिन्छ । मैले आफैंले जानाजान दुर्घटना गरे जस्तो व्यवहार गर्छन् । कोरियालीहरूले दुर्घटनाअघि र पछि गर्ने व्यवहारमा पनि फरक भएको पाएको छु,’ उनको उनले भनिन् ।

कान्तिपुर मा गोकुल थोकर ले लेख्नुभएको समाचार हो