लोट्टो परेर पनि पैसा लिनै जाँदैनन कोरियामा, गत बर्ष ५१ अर्ब वन लोट्टो परेको पैसा लिनै गएनन

सिओल

दक्षिण कोरियामा भाग्य चिठ्ठा अर्थात लोट्टो धेरै नै प्रख्यात छ। हरेक हप्ता खुल्ने यो भाग्य चिठ्ठाबाट धेरैले आफ्नो भाग्य बनाएका पनि छन। कोरियामा रहेका नेपालीहरु पनि यस्तो चिठ्ठा धेरै किन्ने गर्दछन। तर हरेक बर्ष लोट्टो जितेर पनि पैसा नलिनेहरु धेरै हुन्छन। पुरस्कार जितेको उनिहरुलाई थाहा नभएको हो वा के कारण हो यस्तो रकम धेरै नलिएको पाइन्छ।

गत बर्ष कोरियामा लोट्टो विजेताहरुले ५१.६ बिलियन कोरियन वन लिएनन। कोरियाको स्ट्राटेजी तथा फाइनान्स मन्त्रालयले जनवरी ३१ तारिखमा दिएको जानकारी अनुसार गत बर्ष देशभरबाट विभिन्न समयमा लोट्टो चिठ्ठा परेकाहरुले करिब ५१ अर्ब कोरियन वन लिएका छैनन। यो रकममा अनलाईन लोट्टो तथा पेनशन लट्रीको रकम समावेश छ। सन २०२१ को यो रकम सन २०२० को भन्दा भने कम हो। सन २०२० मा करिब ६० अर्व कोरियन वन लोट्टो परेकाहरुले लिएका थिएनन।

गत ५ बर्षको डाटा हेर्नेहो भने सन २०१७ मा कोरियामा लोट्टो बिजेताहरुले नलिएको रकम करिब ४७ अर्व वन रहेको थियो भने सन २०१८ मा यस्तो रकम करिब ५० अर्व वन थियो। त्यसैगरी सन २०१९ मा लट्री विजेताहरुले रिसिभ नगरेको रकम करिब ५४ अर्व रहेको थियो भने सन २०२० मा करिब ६० अर्व रहेको थियो। लोट्टो विजेताहरुले विभिन्न कारणवस उक्त रकम नलिएका हुन सक्ने बताइएको छ।

लोट्टोको टिकट यदि विजेताले १ बर्षभित्रमा नलिएको खण्डमा उक्त टिकट एक्सपाएर हुने कानुन रहेको छ। विजेताहरुले आफूलाई पुरस्कार परेको थाहा नपाउँदा वा अन्य विभिन्न कारणले पुरस्कार नलिएको हुन सक्दछ। यदि पुरस्कार १ बर्षसम्म पनि नलिएको खण्डमा उक्त रकम स्वत लट्री फण्डमा जाने गर्दछ। यो फण्डको रकम विभिन्न सामाजिक कार्यहरुमा खर्च गरिने गरिन्छ।

गत बर्ष यस्तै लट्री बिजेताहरुले नलगेको रकमबाट विभिन्न ग्रामिण हाउजिङ तथा भेटेरन फण्डहरुमा प्रयोग गरिएको थियो। त्यसैगरी कल्चरल तथा आर्थ प्रमोशन फण्ड तथा जेन्डर इक्वालिटी फण्ड अनि युथ डेभलपमेन्ट फण्ड जस्ता सामाजिक हितका लागि काम गर्ने प्रोजेक्टहरुमा खर्च गरिएको थियो। आफूले लट्री जितेर पनि त्यसको फाइदा लिन नसक्ने अवस्थामा कमि ल्याउनका लागि संस्थागत रुपमा सुधार गर्नु आवश्यक रहेको विज्ञहरुले बताएका छन।ईपिएस साथीबाट