कोरियामा अवैधानिक रुपमा बसोबास गर्ने विदेशी नागरिक हरुका लागी खुशीको खबर !

गुरुदत्त न्यौपाने /सिओल

विश्व कोरोना महामारीले आक्रान्त भईरहेको स्थितिमा दक्षिण कोरिया समेत यसबाट अछुतो छैन।पछिल्लो समय कोरोना भाईरसको नयाँ भरेयन्ट ओमिक्रोनको फैलावट कोरियाको समुदाय स्तरमा एकदमै छिटो फैलिएसंगै कोरियामा अवैधानिक रुपमा बसोबास गर्ने विदेशी नागरिकहरुलाई लक्षित गरी कोरियाली न्याय मन्त्रालयले नयाँ सुचना जारी गरेको छ।

ओमिक्रोनको सङ्क्रमण बढदै जानु,खोप लगाउने विदेशीको सङ्ख्या न्युन हुनु,साथै विदेशी अवैधानिक नागरिकको सङ्क्रमण समुदाय स्तरमै फैलिएका कारण कोरियाली न्याय मन्त्रालयले कोरोना भाईरस विरुद्दको पुर्ण वा वुस्टर डोज खोप लगाउन प्रेरित गर्ने तथा कोरोना भाईरस रोकथाम तथा नियन्त्रण लाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ मन्त्रालयले नयाँ योजना सार्वजनिक गरेको छ।

दक्षिण कोरियामा अप्रिल ३०,२०२२ सम्म तेस्रो डोज खोप लगायका अवैधानिक विदेशी कामदार २०२२ को अक्टोवर ३१ सम्म स्वेच्छिक स्वदेश फिर्ता हुन चाहेमा अवैधानिक बसे बापतको जरिवाना रकम मिनाहा साथै कोरिया पुन प्रवेश प्रतिवन्ध फुकुवा हुने जनाएको छ।

साथै २८ फेव्रुअरी २०२२ सम्ममा कोरियामा पुर्ण डोज खोप लगाएका अवैधानिक विदेशी कामदार २०२२ को अप्रिल ३० सम्ममा स्वेच्छिक स्वदेश फिर्ता हुन चाहेमा अवैधानिक बसे बापतको जरिवाना रकम मिनाहा हुने तथा कोरिया पुन प्रवेश प्रतिबन्ध फुकुवा हुने सुचनामा उल्लेख छ।

दक्षिण कोरियामा अवैधानिक रहदा कुनै अ’पराधिक कार्यमा संलग्न,खोप नलगाएका,कोभिड प्रतिबन्धको उल्लङ्घन गर्ने तथा अध्यागमन अधिकारीले प’क्राउ गरेका हरुको हकमा भने उल्लेखित नियम लागु नहुने बताईएको छ।

उक्त अबधी भित्र स्वेच्छिक स्वदेश फिर्ता हुन चाहने अवैधानिक विदेशी कामदारहरुले यो योजना बाट लाभान्वित हुन पुर्ण खोप लगाएको प्रमाण सर्टिफिकेट तथा coov ई प्रमाणिकरण तथा प्रिन्ट कपी अनिवार्य पेश गर्नुपर्ने उल्लेख छ।

यो योजना मार्फत स्वदेश फिर्ता हुन चाहने अवैधानिक विदेशीहरुले अनलाईन तथा अध्यागमन विभागमा गई स्वदेश फिर्ता हुनुभन्दा कम्तिमा ३ दिन अघि आवेदन भरेर पेश गर्नुपर्ने सुचनामा उल्लेख छ।

साथै थप जानाकारीको लागी १३४५ मा सोधपुछ गर्न सकिने बताईएको छ।यससंगै कोरियामा अवैधानिक रुपमा बसोबास गरिरहेका र स्वदेश फिर्ता हुने सोचाईमा रहने विदेशी नागरिकहरुमा खुशीयाली छाउने भएको छ।

सिओल स्थित नेपाली राजदुतावास दक्षिण कोरियाको सुचना।