इपिएस श्रमिकको विषयमा श्रम मन्त्री कृष्ण कुमार श्रेष्ठलाई के.एम.ई ग्रुपको ध्यानाकर्षण !

काठमान्डौ

केएमई ग्रुपको तर्फ बाट माननिय श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ ज्यु सँग भेटघाट गरि दक्षिण कोरियाको लागि श्रमीकहरुको बारेमा बिषयगत छलफल सौहार्दपुर्ण बाताबरणमा हिजो मन्त्री जिको कार्यलयमा सम्पन्न भएको छ।

हाल नेपालमा भाषा परिक्षा उतिर्ण गरेर सम्पूर्ण प्रकृया सकाएर पनि दक्षिण कोरिया जान नपाएका इपिएस श्रमिकहरु धेरै छन । तर हप्तामा उड्ने एउटा फ्लाईटमा पनि एकदम कम सन्ख्यामा इपिएस कामदारहरु दक्षिण कोरिया उडिरहेको इपिएस श्रमिकहरुको जन गुनासोलाई सम्बोधन गर्दै, नेपालमा अड्किएर बस्नु भएको कामदारहरु लाई कोरिया लैजाने संख्यामा बढाउनुको साथै सहज र छिटो हुने प्रक्रियामा के.एम.ई ग्रुपका अधय्क्ष विनोद कुन्वर र के.एम.ई ट्राभल्सकी निर्देशक संगिता कार्की जिले मन्त्री ज्युलाई बिशेष ध्यानाकर्षण गराउनु भएका छन ।

त्यस्तै उहाहरुले प्रतेक हप्ता उड्ने कोरियन एरको उडानमा २०० जना भन्दा बढी सन्ख्यामा इपिएस श्रमिकहरुलाई विशेषप्रथामिक्ता दिएर दक्षिण कोरिया उडाउनु पर्ने कुरा राख्नु भएका छ्न । त्यस्तै मन्त्री जिले पनि यस कुरालाई सकारात्मक रुपले लिनु भएको र इपिएस श्रमिकहरुको हितको लागी कदम चाल्ने विश्वास दिलाउनु भएको छ ।

आफ्नो अमुल्य समय उपल्ब्ध गराई कोरियामा रहनु हुने श्रमिकहरुको अबस्थाको बारेमा चासो दिनु भएकोमा माननिय श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ ज्युलाई के.एम.ई ग्रुपले विशेष धन्यवाद दिएको छ ।